आईएमई लाइफको खुद बीमा शुल्क ९८.५१ प्रतिशतले बढ्यो

आईएमई लाइफको खुद बीमा शुल्क ९८.५१ प्रतिशतले बढ्यो


बैकिङ्ग समाचार ।

आईएमई लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ९८.५१ प्रतिशतले खुद बीमा शुल्क बढाएको विवरण सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले एक अर्ब ३९ करोड ६७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको दोस्रो त्रैमासको तुलनामा ९८.५१ प्रतिशत अर्थात ५९ करोड ९४ लाख ६० हजारले बढी हो । अघिल्लो आर्थिक वर्षमा अवधिमा कम्पनीले ६० करोड ८५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

खुद बीमा शुल्क कम्पनीको खुद नाफा पनि २०.९७ प्रतिशतले बढेर ७ करोड ४० लाख रुपैयाँ पुगेको छ । गत आवको यहि अवधिमा कम्पनीले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो नाफामा बीमाङ्कीय मूल्याकन पछि फेरबदल आउन सक्नेछ । यस अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्य कोषबाट ११ करोड १० लाख ४४ हजार रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट ७५ लाख ३ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४४ करोड ७० लाख रुपैयाँ सञ्चित छ । यस्तै, जीवन बीमा कोषमा दुई अर्ब ९ करोड ८३ लाख रुपैयाँ र महावित्ती कोषमा ४ करोड ७४ लाख रुपैयाँ सञ्चित छ । बीमा समितिले तोकेको न्युनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुर्याउन कम्पनीले सर्वसाधारण समुहको ६० करोड रुपैयाँको आईपीओ निष्काशनको तयारीमा छ ।

चालु आवको ६ महिनामा कम्पनीमा आवद्ध भएका अभिकर्ताले अभिकर्ता कमिशन वपात २३ करोड २१ लाख रुपैयाँ बुझेका छन् । कम्पनीले कर्मचारी वोनसका लागि ७४ लाख रुपैयाँ छुट्याएको छ । यस अवधिमा कम्पनीमा २३ लाख ८१४ वटा बीमालेख जारी भएका छन् । कम्पनीले यस अवधिमा ११६ दावी वापत २३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १०.५८ रुपैयाँ छ । प्रति शेयर नेटवर्थ १३३.८९ रुपैयाँ, प्रति शेयर सम्पत्तीको मूल्य २८३.७७ रुपैयाँ छ।