ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै एभरेष्ट बैंकको नाफा घट्यो

ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै एभरेष्ट बैंकको नाफा घट्यो


बैकिङ्ग समाचार ।

एभरेष्ट बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत अवाको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३६ प्रतिशतले कमि आएको हो ।

कम्पनीले गत आवको दोस्रो त्रैमासमा रू.१ अर्ब ५० करोड ९८ लाख नाफा कमाएको चालू आवको सोही अवधिमा घटेर रू. ९६ करोड १९ लाखमा सिमित भएको हो ।

चालू आवको दोस्रो त्रैमासमा गत आवको दोस्रो त्रैमासको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी ३४ प्रतिशत र सञ्चालन नाफा ३६ प्रतिशतले कमि आएकोले नाफा घटेको हो । 

चुक्तापूँजी रू. ८ अर्ब ९३ करोड ३७ लाख रहेको कम्पनीले जगेडा कोषमा रू. ८ अर्ब ४७ करोड ५२ लाख, रिटेन्ड अर्निङमा रू. १ अर्ब ८६ करोड ३३ लाख र शेयर प्रिमियममा रू. २३ करोड ८४ लाख सञ्चित गरेको छ । 

कम्पनीको वितरणयोग्य नाफा रू. ६७ करोड ५६ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमासमा नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ ।

गत आवको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानी रू. ३५ दशमलव ६५ रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. २१ दशमलव ६३ मा सिमित भएको छ । त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात ३७ दशमलव १२ टाइम्स, तरलता अनुपात ४४ दशमलव २४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २१८ दशमलव ९३ रहेको छ ।