नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन


बैकिङ्ग समाचार ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार शेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ३१ प्रतिशत बोनस शेयर तथा साधारण सभाको बुकक्लोजसँगै बुधबार कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले बोनस शेयरमा मूल्य समायोजन गरी प्रतिकित्ता २ हजार १९२ रूपैयाँ निर्धारण गरेको छ । मंगलबार २ हजार ८७२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको नेपाल लाइफको ३१ प्रतिशत बोनस शेयरपछि नयाँ मूल्य निर्धारण गरिएको हो ।

गत आवको नाफाबाट ३१ प्रतिशत बोनस र २० प्रतिशत गरी ५१ प्रतिशत लाभांश पारित गर्न कम्पनीले माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । माघ ५ गते, सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले उक्त सभा बोलाएको हो ।

सभामा कम्पनीले प्रतिशेयर मूल्य १०० रुपैयाँबाट टुक्राएर ५० रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव राखेको छ । उक्त प्रस्ताव सभाबाट अनुमोदन भएपछि नियामक निकायको स्वीकृतिपछि मात्र लागू हुने जनाइएको छ ।