समता लघुवित्त वित्तीय संस्थाको साधारण सभा मंगलवार हुँदैै

समता लघुवित्त वित्तीय संस्थाको साधारण सभा मंगलवार हुँदैै


बैकिङ्ग समाचार ।

समता लघुवित्त वित्तीय संस्थाले मंगलवार साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा बारा जिल्लाका सिमरास्थित होटल क्लासिक प्रालिमा विहान १० : ३० बजे गर्ने जानकारी दिएको छ ।

सभाले २० प्रतिशत बोनस शेयर र ६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । पुस ४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

कम्पनीले साधारण सभा र लाभांश वितरणको लागि पुस ५ गतेदेखि १४ गतेसम्म बुल क्लोज गर्ने जानकारी दिएको छ ।