सिर्जना फाइनान्सको लाभांश घोषणा

सिर्जना फाइनान्सको लाभांश घोषणा


बैकिङ्ग समाचार ।

सिर्जना फाइनान्सले १४.२७% लाभांश वितरण गर्ने भएको छ । फाइनान्सको शुक्रबार पुस ९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १३.५९% बोनस सेयर र कर प्रयोजनको लागि ०.६८% नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लगानीकर्ताले लाभांश हात पार्नेछन् । अघिल्लो वर्ष फाइनान्सले १५% बोनस सेयर र कर प्रयोजनको लागि ०.७९% नगद लाभांश दिएको थियो । 

\"\"