ग्लोबल आईएमई बैंकको साधारण सभा पुस २९ गते, यस्ता छन् प्रस्तावहरु

ग्लोबल आईएमई बैंकको साधारण सभा पुस २९ गते, यस्ता छन् प्रस्तावहरु


बैकिङ्ग समाचार ।

ग्लोबल आइएमई बैंकको १४ औं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ ।

बैंकको रजिष्टर्ड कार्यालय कमलादीमा बिहान १० बजे सुरु हुने सभाका लागि बैंकले पुस १५ गते बुधबारदेखि २९ गतेसम्म शेयरधनीले पुस्तिका बन्द गर्ने जनाएको छ ।  यस अनुसार पुस १४ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

साधारण सभामा बैंकले सञ्चालक समितिले आव २०७६।७७ बाट शेयरधनीलाई वितरण गर्न १४ बोनस शेयर र बोनसमा लाग्ने कर सहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदनका लागि लैजाँदैछ ।

साथमा बैंकले अन्य बैंक वित्तीय संस्था गाभ्ने वा गाभिने वा स्वदेशी विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति वा सम्झौता गर्न आवश्यक अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्ने एजेण्डा राखेको छ ।

यसैगररी बैंकको ७ जना सञ्चालक निर्वाचन गर्ने कार्यतालिका पनि सभामा रहेको छ । सभाले संस्थापक शेयरधनीको तर्फबाट ३ जना, सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना र एक स्वतन्त्र सञ्चालक नियुक्त गर्ने छ।

बैंकले सहायक कम्पनी ग्लोबल आईएमई क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान सहितको एकीकृत वित्तीय विवरण पनि स्वीकृत गर्नेछ ।

चौधौं वार्षिक साधारण सभामा सञ्चालक समिति अध्यक्षद्वारा प्रस्तुत आव २०७६।७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान सहितको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरु र लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्नेछ ।

हाल ग्लोबलको चुक्ता पूँजी १८ अर्ब ९७ करोड ५८ लाख ८० हजार रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।