प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा बिक्री गर्दै

प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा बिक्री गर्दै


बैकिङ्ग समाचार ।
 प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको छ । प्रिमियरले कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्न भएको हो । सेयरको प्रति कित्ता न्युनतम मूल्य २ हजार ३ सय रुपैयाँ तोकिएको छ । 

सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले भदौ २८ गतेदेखि असोज ४ गतेसम्म बोलपत्र पेश गर्नु पर्ने भएको छ । उक्त सेयरको बोलपत्र सेयरधनीहरुले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय सेन्ट्रल प्लाजा नक्साल र प्रिमियर इन्स्योरेन्सको केन्द्रिय कार्यालय नारायणचौर नक्सालबाट बुझाउन सक्नेछन् ।

इच्छुक र आवेदन योग्य संस्थाले न्यूनतम १०० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सेयरको बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

\"\"