फर्स्ट माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

फर्स्ट माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १३ गतेबाट बिक्रीमा राखेको लिलामी शेयरमा आवेदन दिने आज अर्थात् चैत १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

कम्पनीले १ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ भने सो शेयरमा जो–कोहीले खरिद आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्दा घटिमा १५ हजार कित्ता र बढीमा सबै कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ ।