नेप्सेमा सामान्य गिरावट, ४अर्ब ३० करोड को कारोवार

नेप्सेमा सामान्य गिरावट, ४अर्ब ३० करोड को कारोवार



काठमाडौं,
आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ० दशलमव ६२ अंकले घटेर २,०८८ को विन्दुमा कायम भएको छ ।

आज दिनभरिमा ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज १२१ कम्पनीको शेयर मुल्य बढेको छ भने ११७ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै हिमालयन बैंकको प्रोमोटर शेयर किनबेच भएको छ । आज यस बैंकको २३ करोड ८५ लाख रुपैयाँ प्रोमोटर शेयर कारोबार भएको छ ।