नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब २९ करोड

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ४ अर्ब २९ करोड



बैंकिङ्ग समाचार, काठमाडौं ।
आज शेयर बजार नेप्सेमा सामान्य अंकले घटेको छ । आज शेयर बजार १ दशमलव ९३ अंकले घटेर २,०६८ को विन्दुमा कायम भएको छ ।

आज ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोनापुर मिनरल्सको शेयर कारोबार भएको छ । आज १०३ कम्पनीको शेयर मुल्य बढेको छ भने १३५ कम्पनीको शेयर मुल्य घटेको छ । आज यस कम्पनीको १४ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्टको १३ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घोराही सिमेन्टको १३ करोड ४३ करोडको शेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफको १२ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।