२८ बैंकले नौ महिनामा कमाए झण्डै ३५ अर्ब
April 30, 2018

राष्ट्रिय वाणिज्य र नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा उच्च, कम नाफा आर्जन गर्नेमा सिभिल

सुरेश राउत,काठमाडौं, १७ वैशाख । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुमध्ये सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आर्जन गरेको नाफा सबैभन्दा उच्च देखिएको छ । वाणिज्य बैंकहरुको चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणलाई आधार मान्दा राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी नाफा कमाएको छ भने सबैभन्दा कमजोर मुनाफा आर्जन गर्नेमा सिभिल बैंक परेको छ ।

बैंकहरुको वित्तीय अवस्थाको तुलनात्मक अध्ययन गर्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा तीन अर्ब रुपैयाँभन्दा माथि देखिएको छ भने नेपाल इन्भेटमेन्ट बैंक, नबिल बैंक र नेपाल बैंकको नाफा दुई अर्बभन्दा माथि देखिएको छ । यसबाहेक १० वटा बैंकहरुको नाफा एक अर्ब रुपैयाँभन्दा माथि रहेको छ भने १४ वटाको नाफा एक अर्ब रुपैयाँभन्दा कम रहेको छ ।

अपरिष्कृत वित्तीय विवरणअनुसार राष्ट्रिय वाणिज्य बैंकले चालू आवको चैत मसान्तसम्म तीन अर्ब आठ करोड ४५ लाख ८५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा दुई अर्ब सात करोड ४९ लाख ७८ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी आठ अर्ब ५८ करोड ८९ लाख ७२ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ५३ अर्ब १४ करोड ९२ लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १२ अर्ब ८० करोड ७९ लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा छ अर्ब १९ करोड ६४ लाख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ९० प्रतिशत रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले भने चालू आवको चैतसम्म दुई अर्ब ८६ करोड ८६ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा दुई अर्ब ३७ करोड ७६ लाख ९९ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी १० अर्ब ७४ करोड ४० लाख ९९ हजार रुपैयाँ रहेको नेपाल इन्भेष्टमेन्टले चालू आवको चैतसम्म एक खर्ब ३० अर्ब तीन करोड २८ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १८ अर्ब ८६ करोड सात लाख ५२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब १५ करोड ५२ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ७६ प्रतिशत रहेको छ ।

सरकारी स्वामित्वको नेपाल बैंकले चालू आवको चैत मसान्तसम्म दुई अर्ब ५६ करोड ७७ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा दुई अर्ब ५१ करोड ५८ लाख ५२ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी आठ अर्ब चार करोड २६ लाख ६१ हजार रुपैयाँ रहेको नेपाल बैंकले चालू आवको चैतसम्म ९० अर्ब ८१ करोड ३२ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी ७९ अर्ब ७० करोड ५९ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ५९ करोड २४ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

भारतको पञ्चाव नेशनल बैंक समेतको साझेदारी रहेको एभरेष्ट बैंकले पनि चालू आवको चैत मसान्तसम्म एक अर्ब ८० करोड ३४ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ५२ करोड ५८ लाख ८२ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी आठ अर्ब १० करोड ६८ लाख ६३ हजार रुपैयाँ रहेको एभरेष्टले यही चैत मसान्तसम्म एक खर्ब छ अर्ब ९४ करोड ४० लाख ८२ हजार रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब १७ करोड ३० लाख ४७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन अर्ब २५ करोड नौ लाख ४१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको खुद मुनाफामा ‘राइट ब्याक’ रकमको अशं दुई करोड २६ लाख ३८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव २३ प्रतिशत रहेको छ ।

हिमालयन बैंकले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ६१ करोड १८ लाख दुई हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब ५३ करोड ५१ लाख ५१ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी आठ अर्ब ११ करोड ४५ लाख २९ हजार रुपैयाँ रहेको हिमालयनले यही चैत मसान्तसम्म ९६ अर्ब ३२ करोड ४१ लाख ९१ हजार रुपैयाँ निक्षेप संकलन गरी ८५ अर्ब ४५ करोड ६२ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ९१ करोड पाँच लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

यसैगरी ग्लोबल आईएमई बैंकले पनि चालू आवको चैतसम्म एक अर्ब ४५ करोड ९५ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब ४७ करोड ६० लाख ७९ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुँजी आठ अर्ब ८८ करोड ८३ लाख ७६ हजार रुपैयाँ रहेको ग्लोबलले यही चैत मसान्तसम्म एक खर्ब दुई अर्ब ८२ करोड ६९ लाख १२ हजार रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ७४ करोड ९५ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ६५ करोड ६२ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव २९ प्रतिशत रहेको छ ।

नेपाल एसबिआई बैंकले पनि चालू आवको पछिल्लो नौ महिनामा एक अर्बभन्दा बढी नाफा आर्जन गरेको छ । बैंकले यही चैत मसान्तसम्म एक अर्ब ३८ करोड २५ लाख एक हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब १० करोड ४४ लाख रुपैयाँ रहेको थियो । चुक्ता पुँजी आठ अर्ब चार करोड ६९ लाख पाँच हजार रुपैयाँ रहेको एसबिआईले यही चैत मसान्तसम्म ८३ अर्ब ६५ करोड ८० लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७४ अर्ब पाँच करोड २७ लाख २३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब ९० करोड तीन लाख सात हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव १३ प्रतिशत रहेको छ ।

यसैगरी सिद्धार्थ बैंकले चालू आवको तेस्रो त्रैमासिकमा एक अर्ब २६ करोड ७३ लाख २३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ९५ करोड ७० लाख १४ हजार रुपैयाँ रहेको थियो । चुक्ता पुाजी आठ अर्ब एक करोड २१ लाख ७१ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेसे त्रैमासिक अवधिमा ८९ अर्ब ८४ करोड ४७ लाख ७७ हजार रुपैयाँ निक्ष्ोप संकलन गरी ७९ अर्ब ८८ करोड आठ लाख दुई हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई अर्ब २० करोड पाँच लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३१ प्रतिशत रहेको छ ।

प्राइम कमर्सियल बैंकले पनि नाफामा छलाङ मारेको छ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २५ करोड ८३ लाख ७४ हजार पाँच सय ४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ८८ करोड २९ लाख ६० हजार सात सय ५० रुपैयाँ रहेको छ । चुक्ता पुँजी आठ अर्ब तीन करोड २९ लाख ९८ हजार रुपैयाँ आठ सय ७० रुपैयाँ रहेको बैैकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ७४ अर्ब २० करोड सात लाख २४ हजार रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ५३ करोड ५६ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सानिमा बैंकको नाफा पनि उच्चरुपमा बढेको छ । गत आवको तेस्रो त्रैमासमा ९४ करोड ६९ लाख १७ हजार रुपैयाँ खुद मुनाफा कमाएको सानिमाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब २१ करोड ५५ लाख ९० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चुक्ता पुँजी आठ अर्ब १२ लाख ५५ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ७१ अर्ब ५१ करोड ५२ लाख १३ हजार रुपैयाँ निक्षेप संकलन गरी ६४ अर्ब ३२ करोड २० लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

एनआईसी एसियाको नाफा भने सामान्यरुपमा घटेको छ । एनआईसीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९३ करोड २७ लाख ५३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब १३ करोड ८४ लाख एक हजार रुपैयाँ रहेको थियो । यसैगरी सिटिजन्स बैंक इन्टरनेशनल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९९ करोड ४८ लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा सिटिजन्सले ८८ करोड २८ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । सनराइज बैंकले पनि चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९५ करोड ३९ लाख पाँच हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा सनराइजको यस्तो मुनाफा ८५ करोड ७९ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।

सेञ्चुरी कमर्सियल बैंकले पनि बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकले ६३ करोड ५० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको तेस्रो त्रैमासिक अवधिमा बैंकको यस्तो नाफा ३१ करोड नौ लाख ४० हजार रुपैयाँ रहेको थियो ।
लक्ष्मी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८० करोड २६ लाख ३३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा ६४ करोड १३ लाख १५ हजार रुपैयाँ रहेको थियो । यीबाहेक, सिभिल बैंक, एनसीसी बैंक, कुमारी बैंक, मेगा बैंक आदिको नाफामा पनि सुधार देखिएको छ । आर्थिक दैनिकमा ।

update news