स्टान्र्डड चार्टड बैंक निरन्तर ओरालोतर्फ, कुनै समय सात हजारमा किनबेच हुुने सेयर मुल्य सात सयमा झर्यो
June 13, 2018

काठमाडौं, ३० जेठ । स्टान्र्डड चार्टड बैंक (नेपाल) को प्रतिकित्ता सेयर मुल्य सात सय ७४ रुपैयाँमा झरेको छ । बहुुराष्ट्रिय कम्पनीद्धारा प्रर्वधित यो बैंकको सेयर मुल्य नौ बर्ष अघिसम्म झण्डै नौ हजार रुपैयाँको हाराहारीमा रहेको थियो । तर पछिल्लो समयको बैंकको व्यवस्थापन कमजोर भएसंगै बित्तीय अवस्था खस्किएपछि सेयर मुल्य पनि निकै नै उच्चरुपमा घटेको हो ।

नेप्सेमा २०६५ साल साउन सात गते स्टान्र्डड चार्टडको प्रतिकित्ता सात हजार रुपैंयामा सेयर किनबेच भएको थियो । सो पश्चात बिसं २०६६ साल साउन ३२ गते बैंकको प्रतिकित्ता सेयर छ हजार एक सय ८६ रुपैंयामा किनबेच भएको थियो ।

यसैगरी सोही बर्षको असोज १९ गते बैंकको प्रतिकित्ता पाँच हजार चार सय रुपैयाँमा सेयर किनबेच भएको थियो । त्यसपछि पनि बैंकको बित्तीय अवस्था खस्किदैं गएपश्चात सेयर मुल्य घट्दै गएको छ । बिसं २०६६ साल पुस १२ गते तीन हजार पाँच सय ५० रपैयाँमा प्रतिकित्ता सेयर कारोवार भएको थियो भने २०६७ साल जेठ १६ गते ३४ सय रुपैंयामा किनबेच भएको बैंकको सेयर २०६८ साल भदौ २८ गते १३ सय २५ रुपैंयामा किनबेच भएको थियो ।

सो पश्चात पनि बैंकको सेयर मुल्य निरन्तर घट्दै गएको छ । पछिल्लो पटक बैंकको प्रतिकित्ता सात सय ७४ रुपैयाँमा सेयर कारोवार भएको छ । सेयर मुल्य घट्दा बैंकको बजार पुंजीकरण पनि घटेर ६२ अर्ब ८४ लाख ७२ हजार आठ सय ४४ रुपैयाँ पुुगेको छ ।

बिगतमा बैंकका बहुुंसंख्यक निक्षेपकर्ताहरु ग्राहकहरु बिदेशी दुुतावास, अन्तर्राष्ट्रिय गैर सरकारी सस्थाहरु र दुुतावासका प्रतिनिधीहरु हुुने गरेका थिए । तर पछिल्लो समय बैंकको बित्तीय अवस्था खस्किए संग दुुतावासरुले स्टान्र्डड चार्टडमा निक्षेप जम्मा गर्न कम गरेका छन् ।

सोही कारण पनि पछिल्लो समय बैंकमा निक्षेप र कर्जा प्रवाह समेत बढ्न सकेको छैन । यस्तो अवस्थामा बैंकको व्यवस्थापन खर्च बढेपछि बैंकले बढ्दो खर्च धान्न कै लागि कर्जामा व्याज बढाउने गरेको छ । यसले गर्दा पनि पछिल्लो समय बैंक प्रतिको जनबिश्वास समेत घट्दै गएको श्रोतको दावी छ ।

update news