सेयर–बजार : सेयर कारोवार औषतमा सुखद, सातामा दुुई दिन बजार घट्दा तीन दिन बढ्यो
December 7, 2018

काठमाडौं, २१ मंसिर । यो साताको सेयर कारोवार औषमा सुुखद देखिएको छ । अघिल्लो हप्ता सेयर बजार लगातार ओरालोमा बितेको भएपनि यो साता भने सेयर बजार दुुई दिन ओरालो लागेपनि तीन दिन भने बढेको छ ।

सोही आधारमा यो साता नेप्से परिसुचक ११ दसमलव २० दसमलव ८४ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुुई सय ३८ दसमलव ३३ अंकमा पुुगेको छ ।

पहिलो दिन आईतबार नेप्से परिसुचक ११ दसमलव ३० दसमनलव ६३ अंकमा रहेकोमा सेन्सिटिभ दुुई सय ४० दसमलव २६ रहेको थियो । यो साता सेयर बजार पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये साताको पहिलो, तेस्रो दिन सेयर बजार घटेपनि दोस्रो, तेस्रो र पाँचौं दिन सेयर बजारमा बढेको थियो ।

यो साता कुुल एक सय ५९ कम्पनीहरुको २२ हजार सात सय ९२ वटा कारोवारमा सात करोड ३४ लाख ६२ हजार नौ कित्ता सेयर खरिद बिक्री हुुंंदा कारोवार रकम दुुई अर्ब २२ करोड ३५ लाख २८ हजार दुुई सय २५ रुपैयाँ पुुगेको छ ।

रकम कारोवारका आधारमा यो साता नेपाल बैंक, प्रभु बैंक, एनआईसी एशिया बैंक अगाडि देखिएकाछन । बजार पुंंजीकरणका आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि देखिएका थिए ।

update news