सेयर–बजार : पहिलो दिन नै नेप्से घट्यो
December 30, 2018

काठमाडौं, १५ पुस । साताको पहिलो कारोवार दिन आईतबार नै नेप्से घटेको छ । नेप्से आज १० दसमलव ६२ अंकले घटेर १२ सय चार दसमलव ५४ अंकमा पुुगेको छ भने सेन्सिटिभ दुुई दसमलव ६६ अंकले घटेर दुुई सय ५६ अंकमा पुुगेको छ ।

एक सय ६८ कम्पनीहरुको पाँच हजार चार सय १३ वटा कारोवारमा १२ लाख ३६ हजार तीन सय ४३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४५ करोड ४२ लाख ८४ हजार तीन सय ९३ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज ११ वटा समुहको कारोवार भएकोमा होटल, निर्जिवन बीमा र उत्पादनमुुलक समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ४८ अंकले घटेर एक हजार ४१ दसमलव ३३ अंकमा पुुगेकोमा १७ करोड ४० लाख २३ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक पनि तीन दसमलव ३६ अंकले घटेर १२ सय २५ दसमलव ४१ अंकमा पुुगेकोमा ८६ लाख ४० हजार तीन सय ३० रुपैयाँको सेयर कारोवार भएको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ५२ दसमलव ३३ अंकले घटेर छ हजार दुुई सय ५५ दसमलव ३२ अंकमा पुुगेकोमा आठ करोड ६८ लाख १४ हजार चार सय रुपैयाँको सेयर कारोवार भएको छ । यि बाहेक बिकास बैंक, टे«डिङ, फाईनान्स, अन्य र लघुबित्त समुहको सुचक पनि घटेका छन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा मल्टीपर्पोस फाईनान्स परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा कावेली बिकास बैंक परेको छ । यसैगरी रकम कारोवारका आधारमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अग्रस्थानम परेको छ ।

update news