सेयर–बजार : नेप्से रातै
December 5, 2018

काठमाडौं, १९ मंसिर । नेप्से रातै भएको छ । आज बुुधबार नेप्से २२ दसमलव आठ अंकले घटेर ११ सय १८ दसमलव १९ अंंकमा पुुगेको छ भने सेन्सिटिभ चार दसमलव ९१ अंकले घटेर दुुई सय ३७ दसमलव ७८ अंकमा पुुगेको छ ।

नेप्सेमा आज एक सय ५६ कम्पनीहरुको चार हजार तीन ६८ वटा कारोवारमा ११ लाख ६८ हजार दुुई सय ३३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३७ करोड ७२ लाख ८६ हजार दुुई सय ७९ रुपैयाँको कारोवार भएको छ ।

१० वटा समुहको कारोवार भएको १० वटै समुहको कारोवार सुचक घटेर रातै भएको छ । बाँणिज्य बैंक समुहको सुचक १५ दसमलव २२ अंकले घटेर नौ सय ८६ दसमलव एक अंकमा पुुगेकोमा २२ करोड ४० लाख १६ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक पनि २१ दसमलव चार अंकले घटेर ११ सय ५२ दसमलव ३८ अंकमा पुुगेकोमा ६९ लाख ५६ हजार ६० रुपैयाँको सेयर कारोवार भएको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि एक सय ८५ दसमलव २६ अंकले घटेर चार हजार नौ सय आठ दसमलव ८८ अंकमा पुुगेकोमा पाँच करोड ४४ लाख ३६ हजार दुुई सय रुपैयाँको सेयर कारोवार भएको छ । यसैगरी बिकास बैंक, लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि घटेका छन् ।

कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आज हाथ्वे फाईनान्स परेको छ भने भने गुुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा राधी जलबिद्युुत कम्पनी परेको छ । रकम कारोवारका आधारमा भने आज नेपाल बैंक लिमिटेड पहिलो स्थानमा परेको छ ।

update news