सेयर–बजार : नेप्से बल्ल बढ्यो
January 9, 2019

काठमाडौं, २५ पुुस । लगातार घटेको नेप्से साताको चौंथो कारोवार दिन आज बुुधबार भने बढेको छ । नेप्से आज दुुई दसमलव २९ अंकले बढेर ११ सय ७९ दसमलव ३६ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव ४२ अंकले बढेर दुुई सय ५० दसमलव २६ अंकमा पुुगेको छ ।

एक सय ६६ कम्पनीहरुको तीन हजार दुुई सय पाँच वटा कारोवारमा १५ लाख १३ हजार नौ सय १२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३४ करोड ७८ लाख ७९ हजार चार सय ६९ रुपैयाँको कारोवार भएको छ ।

१० वटा समुहको कारोवार भएकोम फाईनान्स र अन्य समुहको कारोवार सुचक घटेर बाँकी समुहको कारोवार सुचक बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ४३ अंकले बढेर एक हजार १५ दसमलव ५९ अंकमा पुुगेको छ ।

बिकास बैंक समुहको सुचक पनि आठ दसमलव ३२ अंकले बढेर १४ सय ५८ दसमलव १५ अंकम पुुगेको छ । निर्जिवन बीमा, जीवन बीमा, होटल, जलबिद्युत, उत्पादनमुुलक र लघुुबित्त समुहको सुचक पनि बढेका छन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा हिमालयन पावर पार्टनर लिमिटेड परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा कन्काई बिकास बैंक परेको छ । रकम कारोवारका आधारम भने आज छिमेक लघुबित्त बित्तीय संस्थाको संस्थापक सेयर परेकाछन ।

update news