सेयर–बजार : नेप्से फेरि लाग्यो ओरालो
November 15, 2018

कठमाडौं, २९ कात्र्तिक । नेप्से फेरि ओरालो गतिमा लागेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार नेप्से तीन दसमलव ६९ अंकले घटेर १२ सय पाँच दसमलव २० अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि शुन्य ददसमलव ८१ अंकले घटेर दुुई सय ५६ दसमलव ३३ अंकमा पुुगेको छ ।

एक सय ५८ कम्पनीहरुको तीन हजार पाँच सय २० वटा कारोवारमा आठ लाख २७ हजार आठ सय ५६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम २३ करोड ९८ लाख ६८ हजार एक सय ४२ रुपैयाँ पुुगेको छ ।

नौ वटा समुहको कारोवार भएकोमा होटल समुहको सुचक बढेपनि बाँकी आठ वटा समुहको सुचक उच्च अंकले घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव ९८ अंकले घटेर एक हजार ६१ दसमलव चार अंकमा पुुगेकोमा १५ करोड ७९ लाख २७ हजार रुपैयाँको कारोवार भएको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि २४ दसमलव १७ अंकले घटेर पाँच हजार पाँच सय ७६ दसमलव ४२ अंकमा पुुगेकोमा दुई करोड ३३ लाख ५८ हजार एक सय रुपैयाँको सेयर कारोवार भएको छ । यसैगरी बिकास बैंक, लघुबित्त, जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक उच्च अंकले घटेका छन् ।

बढी कमाउने कम्पनीको सुचीमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा मेरो माइक्रो फाईनान्स परेको छ । रकम कारोवारका आधारमा भने आज प्रभुु बैंक पहिलो स्थानमा परेको छ ।

update news