सेयर–बजार : नेप्सेमा सामान्य अंकले सुधार, कारोवार रकम भने घटेर २० करोडमा झर्यो
June 13, 2018

काठमाडौं, ३० जेठ । साताको चौंथो कारोवार दिन आज बुुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से दुुई दसमलव ८१ अंकले बढेर १२ सय ४२ दसमलव सात अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव ५२ अंकले बढेर दुुई सय ६० दसमलव ९९ अंकमा पुुगेको छ ।

नेप्सेमा आज कुुल एक सय ६२ कम्पनीहरुको चार हजार ४८ वटा कारोवारमा छ लाख ३५ हजार १० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम २१ करोड ४८ लाख दुुई हजार एक सय ३७ रुपैयाँ पुुगेको छ ।

१० वटै समुहको कारोवार भएकोमा अन्य समुहको घटेर बाँकी समुहको कारोवार सुचक बढेको छ । बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ४३ अंकले बढेर एक हजार ५१ दसमलव ३३ अंकमा कायम रहेकोमा आठ करोड २९ लाख १६ हजार आठ सय रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक पनि आठ दसमलव ३४ अंकले बढेर १५ सय २२ दसमल व ७९ अंकमा कायम रहेकोमा ९६ लाख ८८ हजार चार सय २० रुपैयाँको सेयर कारोवार भएको छ ।

यसैगरी बीमा समुहको सुचक पनि १८ दसमलव ६६ अंकले बढेर छ हजार तीन सय ५८ दसमलव ४९ अंकमा कायम रहेकोमा तीन करोड नौ लाख १४ हजार दुुई सय रुपैयाँको सेयर कारोवार भएको छ । यसबाहेक आज होटल, टे«डिङ, बिकास बैक, फाईनान्स, उत्पादनमुुलक र लघुबित्त समुहको सुचक पनि बढेका छन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा राधी जलबिद्युुत कम्पनी परेको छ भने बढी गुुमाउने कम्पनीको कर्णाली बिकास बैंक परेको छ । रकम कारोवारका आधारमा भने आज ग्रामिण बिकास बैंक लघुबित्त संस्था अग्रस्थानमा परेको छ ।

update news