सेयर–बजार : नेप्सेमा सामान्य बृद्धि
January 10, 2019

काठमाडौं, २६ पुुस । साताको अन्तिम कारोवार दिन आज बिहिबार पनि नेप्से बढेको छ । नेप्से आज एक दसमलव ४८ अंकले बढेर ११ सय ८० दसमलव ८४ अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव ३९ अंकले बढेर दुुई सय ५० दसमलव ६५ अंकमा पुुगेको छ ।

एक सय ६३ कम्पनीहरुको तीन हजार आठ सय ७२ वटा कारोवारमा १३ लाख ८७ हजार पाँच सय ९२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३६ करोड ६३ लाख २४ हजार एक सय ६४ रुपैयाँ पुुगेको छ ।

११ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक घटेर सात वटा समुहको सुचक बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव ५८ अंकले बढेर उक हजार १७ दसमलव १७ अंकमा पुुगेको छ ।

निर्जिवन बीमा समुहको सुचक पनि २२ दसमलव १७ अंकले बढेर पाँच हजार छ सय ७७ दसमलव ७१ अंकमा पुुगेको छ । लघुुबित्त, ट्रेडिङ, फाईनान्स, अन्य र जीवन बीमा समुहको सुुचक पनि बढेका छन् ।

बिकास बैंक समुहको सुचक भने आज छ दसमलव छ अंकले घटेर १४ सय ५१ दसमलव ५५ अंकमा पुुगेको छ । यसैगरी जलबिद्युुत, होटल र उत्पादनमुुलक समुहको सुचक पनि घटेका छन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा सानिमा ईक्विटी फण्ड परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी परेको छ । यसैगरी रकम कारोवारका आधरमा भने आज नेपाल बैंक अग्रस्थानमा परेको छ ।

update news