सेयर–बजार : नेप्सेमा पुरै हरियाली, कारोवार रकम भने घट्यो
November 5, 2018

काठमाडौं, १९ कात्तिक । आज सोमबार भने नेप्सेमा सुधार आएको छ । नेप्से सुचक आज उच्चरुपमा बढेपनि कारोवार रकम भने अघिल्लो दिनको तुुलनामा घटेको छ ।

नेप्से आज १२ दसमलव ३७ अंकले बढेर १२ सय १९ दसमलव ६५ अंकमा पुुगेको छ भने सेन्सिटिभ दुई दसमलव ६२ अंकले बढेर दुई सय ५९ दसमलव ४३ अंकमा पुुगेको छ ।

एक सय ५५ कम्पनीहरुको तीन हजार ५३ वटा कारोवार भएकोमा आठ लाख २२ हजार दुुई सय सात कित्ता सेयर खरिद बिक्री भएको छ भने कारोवार रकम २४ करोड ४५ लाख ७० हजार पाँच सय ५२ रुपैयाँ पुुगेको छ ।

१० वटा समुहको कारोवार भएकोमा १० वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । बाँणिज्य बैंक समुहको सुचक ११ दसमलव ७३ अंकले बढेर एक हजार ७४ दसमलव २१ अंकमा पुुगेकोमा १४ करोड सात लाख २८ हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक पनि आज सात दसमलव पाँच अंकले बढेर १३ सय पाँच दसमलव ५७ अंकमा पुुगेकोमा ७५ लाख ४५ हजार दुुई सय ६० रुपैयाँको सेयर कारोवार भएको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि ८७ दसमलव ४२ अंकले बढेर पाँच हजार छ सय ३३ दसमलव ६९ अंकमा पुुगेकोमा ७१ लाख ८५ हजार ६० रुपैयाँको सेयर कारोवार भएको छ । बिकास बैंक, लघुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको कारोवार सुचक पनि बढेका छन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको लक्ष्मी लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीमो सुचीमा पहिलो स्थानमा सिर्जना फाईनान्स बित्तीय संस्था परेको छ । यसैगरी रकम कारोवारका आधारभा भने आज आज प्रभुु बैंक अग्रस्थानमा परेको छ ।

update news