सेयर–बजार : नेप्सेमा झिनो अंकले सुधार
December 6, 2018

काठमाडौं, २० मंसिर । आज बिहिबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । नेप्से आज दुुई दसमलव नौ अंकले बढेर ११ सय २१ दसमलव तीन अंकमा पुुगेको छ भने सेन्सिटिभ शुन्य दसमलव ६१ अंकले बढेर दुुई सय ३८ दसमलव ४० अंकमा पुुगेको छ ।

एक सय ६२ कम्पनीहरुको चार हजार एक सय ७० वटा कारोवारमा १३ लाख ७४ हजार तीन सय ४६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३७ करोड नौ लाख ७१ हजार नौ सय ३६ रुपैयाँको कारोवार भएको छ ।

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा जलबिद्युुत र उत्पादनमुुलक समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक दुुई दसमलव ७७ अंकले बढेर नौ सय ८८ दसमलव ५४ अंकमा पुुगेकोमा २३ करोड ४४ लाख सात हजार रुपैयाँको सेयर कारोवार भएको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि ३६ दसमलव ७८ अंकले बढेर चार हजार नौ सय ४९ दसमलव ८५ अंकमा पुुगेकोमा चार करोड ६१ लाख ४७ हजार छ सय रुपैयाँको सेयर कारोवार भएको छ ।

जीवन बीमा समुहको सुचक पनि आज ४४ दसमलव सात अंकले बढेर पाँच हजार ११ दसमलव ६० अंकमा पुुगेकोमा एक करोड ७५ लाख ९५ हजार दुुई सय रुपैयाँको सेयर कारोवार भएको छ । बिकास बैंक, होटल, फार्ईनान्स, अन्य र लघुुबित्त समुहको सुचक पनि बढेका छन् ।

आज बढी कमाउने कम्पनीको सुचीमा आईएमई जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा कालिका लघुबित्त बित्तीय संस्था परेको छ । रकम कारोवारका आधारमा भने आज एनएमबी बैंक पहिलो स्थानमा परेको छ ।

update news