सेयर–बजार : नेप्सेमा आज पनि हरियाली
November 6, 2018

काठमाडौं, २० कात्तिक । साताको तेस्रो कारोवार दिन आज मंगलबार पनि नेप्सेमा हरियाली आएको छ । नेप्से आज १० दसमलव ७९ अंकले बढेर १२ सय १८ दसमलव सात अंकमा पुुगेको छ भने सेन्सिटिभ दुुई दसमलव ३८ अंकले बढेर दुई सय ५९ दसमलव १९ अंकमा पुुगेको छ ।

एक सय ५५ कम्पनीहरुको तीन हजार ५३ वटा कारोवारमा आठ लाख २२ हजार दुुई सय सात कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम २४ करोड ४५ लाख ७० हजार पाँच सय ५२ रुपैयाँ पुुगेको छ ।

१० वटा समुहको कारोवार भएकोमा १० वटै समुहको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । बाँणिज्य बैंक समुहको सुचक १० दसमलव ९२ अंकले बढेर एक हजार ७३ दसमलव ४० अंकमा पुुगेकोमा १३ करोड २७ लाख ३४ हजार रुपैयाँको कारोवार भएको छ ।

जलबिद्युुत समुहको सुचक पनि आज तीन दसमलव चार अंकले बढेर १३ सय एक दसमलव ११ अंंकमा पुुगेकोमा ६९ लाख ५५ हजार दुई सय ५० रुपैयाँको कारोवार भएको छ ।

यसैगरी निर्जिवन बीमा समुहको सुचक पनि ५७ दसमलव दुुई अंकले बढेर पाँच हजार छ सय तीन दसमलव २९ अंकमा पुुगेकोमा ६२ लाख छ हजार ४० रुपैयाँको सेयर कारोवार भएको छ । बिकास बैंक, लघुबित्त, जीवन बीमा, होटल, फाइनान्स, उत्पादनमुुलक र अन्य समुहको कारोवार सुचक पनि बढेका छन् ।

कमाउने कम्पनीको सुचीमा आज पहिलो स्थानमा लक्ष्मी लघुबित्त बित्तीय संस्था परेको छ भने भने गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा सिर्जना फाईनान्स परेको छ । रकम कारोवारका आधारमा भने पहिलो स्थानमा प्रभुु बैंक परेको छ ।

update news