सेयर कारोवार घट्यो, साताभर एक अर्ब ६१ करोड सेयर खरिद बिक्री
October 12, 2018

काठमाडौं, २६ असोज । नेप्से परिसचुक यो साता बढेपनि सेयर कारोवार रकम भने यो साता घटेको छ । यो साता नेप्सेमा एक सय ६५ वटा कम्पनीहरुको २४ हजार नौ सय ८१ वटा कारोवारमा ५५ लाख २५ हजार सात सय ३२ कित्ता सेयर खरिबिक्री हुुंदा कारोवार रकम एक अर्ब ६१ करोड १२ लाख ६९ हजार एक सय २१ रुपैयाँ पुुगेको छ । कारोवार गत साताको तुुलनमा ४० प्रतिसतले कम हो ।

नेप्सेमा गत साता भने एक सय ८९ कम्पनीहरुको दुुई हजार छ सय ३६ वटा कारोवारमा ७० लाख ९१ हजार नौ सय १९ कित्ता सेयर किनबेच हुुंदा कारोवार रकम दुुई अर्ब ३८ करोड ६८ लाख ५७ हजार रुपैयाँ पुुगेका थियो ।

नेप्सेको नियमित कारोवार कक्ष यो साता पाँच दिन नैे खुल्ला रहेको थियो । यस मध्ये दुुई दिने अर्थात पहिलो र तेस्रो कारोवार दिन नेप्से घटेपनि तीन दिन अर्थात दोस्रो, चौथो र पाँचौं दिन नेप्से बढेको थियो ।

पहिलो दिन १३ दसमलव एक अंकले घटेर १२ सय १४ दसमलव ३६ अंकमा झरेको परिसुचक अन्तिम दिन नौ दसमलव ९५ अ्रंकले बढेर १२ सय २८ दसमलव २८ अंकमा पुुगेको थियो ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पनि साताको पहिलो दिन दुुई दसमलव ७१ अंकले घटेर दुुई सय ५७ दसमलव ५३ अंकमा पुुगेकोमा अन्तिम दिन दुुई दसमलव २६ अंकले बढेर दुई सय ६१ अंकमा सिमित रहेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

update news