वैंकिङ सिस्टमको दुरुपयोग गरी वैंकिङ कसूर गर्ने सञ्जय कुमार पक्राउ
December 24, 2018

काठमाडौं, कोर वैंकिङ सिस्टमको दुरुपयोग गरी वैंकिङ कसूर गरेको अभियोगमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१३ पेप्सीकोला सनसीटी बस्ने ४९ वर्षीय सञ्जय कुमार श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

राष्ट्रिय बाणिज्य वैंकको मुख्य शाखा कार्यालय, विशालबजार काठमाडौंमा युएसडि खाता खोली ई-वैंकिङ, मोबाइल वैंकिङ र ई-सेवा वालेट जस्ता विधुतीय उपकरणहरुको प्रयोग गरी आफ्नो युएसडि खातामा अनाधिकृत रुपमा ७८ हजार ३ सय ८०.५० अमेरिकी डलर रकम जम्मा गरी भुक्तानी लिनको लागि एटिएम तथा पिओएस मेशिनहरु प्रयोग गर्ने कार्यमा संलग्न श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१३ पेप्सीकोलाबाटफेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

update news