‘लोग्ने स्वास्नी मिलेर सहकारीको करोडौं ठगी’ समाचरमा सुशिल नाहाटाको खण्डन
December 4, 2018

काठमाडौं । लोग्ने स्वास्नी मिलेर सहकारीको करोडौं ठगी भन्ने समाचर शिर्षकमा पशुपती बिकास कोष पुर्व सदस्य सचिव एबं नेपाली कांग्रेस नेता सुशिल नाहाटाले खण्डन गरेका छन् ।

प्रहरीलाई प्रभाव र दवाब पार्न कस्सिएको भन्ने खबर सरासर झुटो र चरित्र हत्या गर्ने नियतले भएको खण्डन पत्रमा उनले उल्लेख गरेका छन् । पीडित पक्षको स्रोतले नाम उल्लेख नगर्ने सर्तमा भनिएको खबरमा सुशिल नाहाटाले यसरी खण्डन जारी गरे पछि खण्डन जस्ताको तस्तै प्रकाशित गरिएको हो ।

उक्त खण्डनसँगै समाचरसँग नाम जोडिएका सुशिल नाहाटले उक्त समाचार अनुसारको ठगी गर्ने ब्यक्ति सुरेन्द्रसँग कुनै पनि हिमचिम नभएको प्रस्ट्याएका छन् । साथै सुशिल नाहाटालाई कुनै रिसइवी साध्नका लागि खबर भने पक्कै बनाइएको भने होइन ।

पत्रकारिताको मर्म अनुसार नाहाटालाई सम्पर्क गर्न खोज्दा कतैबाट पनि सम्पर्क हुन सकेन । तथापी बिभिन्न श्रोतहरु प्रयोग गरेर समचार बनाउने प्रयास भुलबस सुशिल नाहाटाको नाम जोडिन पुगेकाले क्षमा प्राथी छौं ।

सुशिल नाहाटाको खण्डन जस्ताको तस्तै
खण्डन पत्र सिधै सन्चार माध्यममा पठाउनु साटो उनले प्रेस काउन्सिल मार्फत पत्र पठाएको पत्र हामीले प्रकाशित गरेका छौं । सम्पादक

update news