लुम्विनी जनरलको शाखा बौद्ध र कलंकीमा
September 14, 2018

काठमाडौं, २९ भदौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले थप दुुई वटा शाखा खोलेको छ । कम्पनीले आफ्नो ३८ औं र ३९ औं शाखाहरु क्रमशः काठमाडौंको बौद्ध र कलंकीमा खोलेको हो ।

नयां शाखाहरुको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं तथा कम्पनीका अध्यक्ष मनोहर दास मूलले उद्घाटन गरेका हुुन । कम्पनीले सञ्चालनमा ल्याएको मोबाइल एप्सको समेत बिमोचन गरियो ।

उक्त एप्सको सहायताले ग्राहकहरुले मोबाइलबाट नै फेयर अन्डरराईटिङ, स्मार्ट क्लेम सर्भिसको सुबिधा प्राप्त गर्न र कम्पनीका अन्य विषयहरुको बारेमा जानकारी लिन सक्ने छन् ।

update news