रित्तो हुुँदै ढुुकुुटी: तीन महिनामा तीन खर्ब ४९ अर्ब रुपैयाँको व्यापारघाटा
December 17, 2018

काठमाडौं, देशको ढुुकुुटी रित्तिदै गएको छ । चालुु आर्थिक बर्षको पछिल्लो तीन महिनामा कुुल व्यापार घाटा ४५ दसमलव नौ प्रतिसतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुुकको आर्थिक अवस्था सम्वन्धी तीन महिनाको प्रतिवेदन अनुसार असोज मसान्तसम्म व्यापार घाटा बढेर तीन खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ पुुगेको हो । यस अवधिमा कुुल बस्तुु आयात भने ४३ दसमलव छ प्रतिसतले बढेर तीन खर्ब ७३ अर्ब ७९ करोड रुपैयाँ पुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १७ दसमलव नौ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुुसार चालुु आवको पछिल्लो तीन मनिामा कुल वस्तु निर्यात १६ दसमलव एक प्रतिशतले बढेर २३ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.१ प्रतिशतले वृद्धि भएकोे थियो । गन्तव्यका आधारमा भारततर्फ २० दसमलव दुुई प्रतिशत, चीनतर्फ १४ दसमलव चार प्रतिशत र अन्य मुलुकतर्फ ११ दसमलव दुुई प्रतिशतले निर्यात वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, ऊनी गलैचा, पश्मिना, दन्तमञ्जन लगायतका वस्तुको निर्यात बढेको छ भने अलंैची, रोजिन, छाला, जि.आई. पाईप, अल्मुनियम लगायतका वस्तुहरुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४० दसमलव आठ प्रतिशत, चीनबाट भएको आयात ४५ दसमलव नौं प्रतिशत र अन्य मुलुकबाट भएको आयात ५० दसमलव पाँच प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपूजा, एम.एस. बिलेट, सवारी साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने दुरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, भिडियो टेलिभिजन तथा पार्टपुर्जा, स्वास्थ्य सम्बन्धी उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ । भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय, नेपालगञ्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, कन्चनपुर भन्सार कार्यालयबाट गरिएको निर्यातमा ह्रास आएको छ भने अन्य भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएकोे छ ।

त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा कन्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा ह्रास आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएकोे छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निर्यात–आयात अनुपात छ दसमलव चार प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात सात दसमलव नौ प्रतिशत रहेको थियो । (जनमञ्च साप्ताहिकबाट)

update news