महालक्ष्मी बिकास बैंकको घर जग्गा कर्जा उच्च, खराव कर्जा बढ्यो
December 5, 2018

काठमाडौं, १९ मंसिर । महालक्ष्मी बिकास बैंकमा खराव कर्जा उच्च देखिएको छ । घरजग्गा क्षेत्रमा अत्याधिक मात्रामा कर्जा प्रवाह गरेकाकारण बैंकमा खराव कर्जाको अनुापात बढेको हो ।

चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा बैंकमा तीन दसलव ३९ प्रतिसत कर्जा खराव देखिएको छ । गत आवको सोही अवधिमा बैैंकमा तीन दसमलव ५५ प्र्रतिसत कर्जा खराव रहेको थियो ।

बैंकले घरजग्गा क्षेत्रमा ठुुलो परिमाणमा कर्जा प्रवाह गरेको र धेरैजसो कर्जामा धितो कमजोर रहेकाकारण पनि खराव कर्जाको अनुपात खासै घटाउन नसकेको हो ।

बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा १० करोड ५६ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा पाँच करोड ६३ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुंजी दुई अर्ब ८४ करोड ४५ लाख एक हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा २६ अर्ब ६८ करोड ६२ लाख २६ हजार रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८३ करोड ५६ लाख ५५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिम घरजग्गा क्षेत्रमा मात्र बैंकले दुुई अर्ब चार करोड ४० लाख ३१ हजार रुपैयाँ कजा प्रवाह गरेको छ । सो अवधिमा २४ करोड ६७ लाख ११ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकको प्रोभिजन रकम पनि बढेर १० करोड दुुई लाख ४९ हजार रुपैयाँ रहेको पुुगेको छ ।

गत आवको सोही अवधिमा भने बैैंकले २५ अर्ब १४ करोड ६४ लाख ५० हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड ५० लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा पनि बैंकले घरजग्गा क्षेत्रमा दुुई अर्ब २१ करोड ८४ लाख ९० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो भने १७ करोड २७ लाख ४७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

update news