बैंक तथा फाईनान्स कम्पनीहरुलाई राष्ट्र बैंकको १० अर्ब १५ करोडको लगानी अफर
December 6, 2018

काठमाडौं, २० मंंसिर । बैंक तथा फाईनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैकले १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ बराबरको लगानी अफर गरेको छ ।

राष्ट्र बैंकले आज बिहीबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीको नाउँमा सार्वजनिक सुचना आव्हान गर्दे उक्त रकम लगानीको अफर गरेको हो ।

परिपक्व हुुने अवधि तीन सय ६६ दिन रहेको सो रकम यही पुस एकदेखि २०७६ मंसिर ३० गतेसम्मको लागि राख्न लागिएको हो । रकम लगानीको लागि बैंक तथा फाईनान्स कम्पनीहरले आगामी सोमबार अर्थात यही मंसिर २३ गते अपरान्ह तीन बजेसम्म राष्ट्र बैंकमा आवेदन दिनुु पर्ने छ ।

लगानी गरिने रकम मध्ये बाँणिज्य बैंकहरुको लागि आठ अर्ब १२ करोड ६९ लाख, बिकास बैंकहरुका लागि एक अर्ब ५२ करोड ३८ लाख र फाईनान्स कम्पनीहरुका लागि ५० करोड ७९ लाख रुपैयाँ छुुट्याएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

रकम लगानीको लागि बैंक तथा बित्ती संस्था सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको हुुनुुपर्ने, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको हुनुुपर्ने, निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको हुनुुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने लगायतका सर्तहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

update news