फरक पहिचानमा टुरिजम डेभलमेन्ट बैंक
August 10, 2016

डेभलपमेन्ट बैंकहरु मध्ये फरक पहिचान बनाउन सफल बैंकको हो टुरिजम डेभलपमेन्ट बैंक ।

देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउनको लागि बैंकले दिर्घकालीन नीति र योजना अगाडि सारेको छ । सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यस बैंकले नागरिकहरुको आर्थिक जीवनस्तर उकास्ने र नेपालको पर्यटन क्षेत्रमा थप आयाम थप्ने उदेश्यले आफ्नो लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नाफा कमाउने उदेश्य मात्र भन्दा पनि देशका दुरदराजमा रहेका विपन्न नागरिकहरुलाई सेवा पुर्याउने उदेश्यले सञ्चालन रहेकोे यो बैंकको मुख्य उदेश्य देशमा पर्यटन विकासको आधार तयार गर्न र थप पर्यटकलाई आर्कषित हुने कार्यक्रम सञ्चालन गर्नु हो । मुख्य गरी पर्यटनसँग सम्बन्धित भौतिक पूर्वाधार निर्माण तथा पर्यटकीय गन्तव्यको विकासका लागि टुरिजम डेभलपेन्ट बैंकले आफ्ना गतिविधि बढाउदै लगेको छ ।

वि.सं. २०६६ स्थापना भएको यो बैंकले पर्यटन प्रबद्र्धनको लागि भौतिक पूर्वाधार व्यवस्थापन गर्नु मुख्य लक्ष्य बनाएको छ । हाल बैंकको १५ वटा शाखा कार्यालयहरु रहेका छन् । देशका पूर्व एवं पश्चिमी क्षेत्रमा स्थापना भएका शाखा कार्यालयहरुबाट बैंकले सेवा प्रवाह गर्दै आएको छ । आगामी दिनमा पनि थप शाखा विस्तार गर्ने योजना बैंकको रहेको छ ।

पर्यटन क्षेत्रमा लगानी र सुविधा दिएको टुरिजम डेभलपमेन्ट बैंकका ११ वटा एटिएम संचालनमा रहेको छ । यस बर्ष सातदेखि दस वटासम्म शाखा विस्तार गर्ने योजना पनि बैंकले बनाएको छ । बैंकका हालसम्म ६० हजार ग्राहकहरु रहेका छन् । त्यस्तै १ सय ७५ भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् ।

टेरिजम डेभलपेन्ट बैंकको हाल ८० करोड चुक्ता पुँजी रहेको छ । बैंकले देशका आवश्यकता अनुसार कृषि र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर लगानी गर्दै आएको छ । देशका दुरदराजमा रहेका नागरिकहरुलाई बैंकप्रतिको आर्कषण बढाउने नागरिकहरुलाई पर्यटन क्षेत्रमा लगानी गर्न अभिप्रेरित गर्ने काम बैंकले गर्दै आएको छ । बैंकिङ क्षेत्र महत्पूर्ण भएर पनि आम जनताको चासो भएको बुझाई बैंकको रहेको छ । सोही अनुरुप ग्रामिण क्षेत्रलाई प्राथमिकतामा दिएर बैंकले नीति तथा कार्यक्रम बनाएको छ । टुरिजम डेभलपमेन्ट बैंकले दुर्गम क्षेत्रमा जनचेतना जगाउने काम समेत गर्दै आएको छ ।

विकास बैंक भएपनि यो बैंकले ग्राहकहरुलाई सेवा सुविधा कर्म्र्सियल बैंक जति नै उपलब्ध गराएको छ । डलर, पाउण्ड युरो, यान, युवान पनि बैंकसँग उपलब्ध छ । आधुनिक प्राविधिसँगै बैंकले मोबाईल बैकिङ, एसएमएस बैकिङ सेवा पनि प्रदान गर्दै आएको छ । भिसा कार्ड, विदेशमा जानको लागि ट्राभल कार्डहरुको सेवा पनि बैंकले सहज रुपमा दिदै आएको छ । बैंकले आगामी दिनमा क्रेडिट कार्ड ल्याउने तयारीमा रहेको छ ।

बैंकको आगामी दिनको योजनाः

आगामी दिनमा आफ्नो शाखा सञ्जाल विस्तार गर्दे वित्तीय सेवाको क्षेत्रमा एउटा विश्वासिलो गन्तव्यको रुपमा स्थापित व्यावसायिक पहिचानलाई विकास गर्दै जाने रणनीति बैंकले बनाएको छ । बैंकको कारोबार बढाउदै जाने, कर्जामा विविधिकरण गर्दै पर्यटन, जलस्रोत, कृषि, व्यावसायिक तथा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बृद्धि गर्ने, मानव संशाधन तथा अन्य स्रोत साधनहरुको पहिचान गरी सेवा प्रदान गर्ने लक्ष्य बैंकले लिएको छ ।

चुनौती सामना गर्ने उपायः

स्रोत र साधनहरुको अधिकतम परिचालन गर्ने, मानव संशाधन विकास तथा व्यवस्थापन योजनामा जोड दिने, सेवाहरुको गुणस्तर बृद्धिमा निरन्तर प्रयासरत रहने, नयाँ व्यावसायिक अवसरहरुको पहिचान गर्ने, समयसापेक्ष नीति नियमहरुको अद्यावधिक तथा तर्जुमा गर्ने, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापनमा विशेष सजगता अपनाउने तथा लगानीका वैकल्पिक स्रोतहरु पहिचान गर्ने उपाय अबलम्बन गरेको छ ।

update news