प्राइमको नयाँ शाखा काठमाडौंको तारकेश्वरमा संचालन
December 24, 2018

काठमाडौं । प्राइम कमर्सियल बैंकले काठमाडौंको तारकेश्वर नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखा कार्यालय तारकेश्वरको समुद्घाटन गरेका छन् । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६८ पुगेको छ ।

सै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेका छन् । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त,आत्मीय र ग्राहकमुखी बनाउने जानकारी दिएका छन् ।

update news