पूर्वाधार विकास बैंकको सीईओमा ज्ञवाली नियुक्त
December 4, 2018

काठमाडौं । नेपाल पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन ।

बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई आगामी २ वर्षको लागि नियुक्त गरेको हो ।

जारी पुँजी २० अर्ब रहेको यस बैंकको चुक्ता पुँजी १२ अर्ब रूपैयाँ छ । बैंकले चुक्ता पूँजी २० अर्ब पुर्याउनका लागि ८ अर्ब रूपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ ।

update news