नेपाल बहुउदेश्यीय केन्द्रीय सहकारी संघको नेतृत्वविरुद्ध षड्यन्त्र
March 26, 2018

काठमाडौं, १२ चैत । सत्तारोहणसँगै सर्वत्तावाद लाद्न एमाले अध्यक्ष केपी ओली नेतृत्वको वाम गठबन्धनको सरकारको आडमा गत फागुन १२ गते हिमालय होटलमा विधिवतरुपमा निकै तामझामका साथ सम्पन्न भएको नेपाल बहुउदेश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको साधारणसभा र निर्वाचनलाई अवैध घोषित गराउने दुष्प्रयास सुरु भएको छ ।

त्यसका लागि सुसङ्गत बहुउदेश्यीय सहकारी संस्थाका प्रतिनिधि बद्रीप्रसाद भट्टराईलाई सहकारी विभागमा उजुरी गर्न लगाएर विधिवतरुपमा सर्वसम्मत रुपमा निर्वाचित सुरेन्द्र भण्डारीको नेतृत्वको कमिटीलाई अल्माउने र दुःख दिने प्रक्रिया सुरु भएको छ ।

भट्टराईको उजुरीपछि सहकारी विभागले निर्वाचन समितिसँग सात दिने स्पष्टीकरण सोधेको थियो । भट्टराईले विभागमा अवैध निर्वाचन बदर गरिपाऊँ भनी निवेदन दिएका थिए । उनको उजुरीलाई बहुउदेश्ययी संघको नेतृत्वलाई सत्ताको आडमा काम गर्न नदिन षड्यन्त्रका रुपमा लिइएको छ ।

बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा विगद केही महिनादेखि सदस्य तथा प्रतिनिधि सदस्यहरुले चरम असन्तुष्टि पनि व्यक्त गर्दै आएका छन् । सो संघको हालै सम्पन्न भएको निर्वाचनको परिमाणलाई लिएर केही सदस्य तथा प्रतिनिधिका साथै निर्वाचित नेतृत्व र पराजित समूहबीच आरोप प्रत्यारोपमै उत्रिन पुगेका हुन् ।

एउटा समूह उजुरी बोकेर सहकारी विभागको शरणमा पुगेका छन् भने नवनिर्वाचित अध्यक्ष नेतृत्व समूह आफू विधानसंवत् निर्वाचन भएको भन्दै आएका छन् ।

उजुरीमा निर्वाचन कमिटीले समयमै निर्वाचन तालिका प्रकाशित नगरेको भन्दै सुरुदेखि असन्तुष्टि पोख्दै आएको समूहले सहकारी विभागकै शरणमा पुगी निर्वाचन बदर गर्न माग गरेसँगै विवादले चरम रुप लिन पुगेको हो ।

निर्वाचन कमिटीले उम्मेदवारी फारम नदिएको भन्दै विरोध गरेर सतहमा आएको विवाद अझै समधान हुनेभन्दा पनि झन् बढ्दै गएको छ ।

सो संघको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएसँगै विवाद उत्पन्न भएको हो । बहुउद्देश्यीय सहकारीलाई अन्यौल सिर्जना गरेको भन्दै कार्य समितिको कार्यशैलीको विरोध गरेका छन् । भट्टराईले उजुरीमा अवैध तरिकाले भएको साधारणसभा तथा निर्वाचन समेत बदर गरी सहकारी नियम, सिद्धान्त भावना र मर्मअनुसार पुनः निर्वाचन तथा साधारणसभा गराउन माग गरेका छन् ।

सो उजुरीमाथी अहिले बिभागले कुनै कारबाही अगाडी बढाएको छैन । सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीले निर्वाचन अवैध भन्दै उजुरी परेको र उक्त उजुरीमाथि छानबिन भई रहेको जनाएका छन् । उजुरीकर्ता भट्टराईसहित अनिल जोशीलगायतले साधारणसभा बहिस्कार गरेका थिए ।

सो विभागमा २२२७ नम्बरमा दर्ता भएको सो निवेदनकै आधारमा विभागले सम्बन्धित संस्थालाई प्रतिक्रिया पेस गर्न भन्दै चलानी नम्बर ८५९ नम्बरको पत्र पठाएको थियो । सो पत्रमा फागुन १२ गते भएको साधारण सभामा निर्वाचन समितिले उम्मेदवारी दरखास्त दर्ता गर्न नदिएको, दरखास्त फारम गायव गरेकोलगायतको आरोप लगाउँदै भट्टराईले उजुरी दर्ता गरेको जनमञ्चमा उल्लेख छ ।

विभागले सात दिनभित्र आफ्नो सबुत प्रमाणसहित लिखित प्रतिक्रियासहित पेस गर्न निर्देशन दिएको भए पनि सोबारे के कस्तो जवाफ विभागमा पठाएको छ भन्ने बारे अहिले केही खुलाउन चाहेको छैन ।

update news