धितोपत्र बजारमा सेयर सूचीकरण हुने क्रम बढ्यो, तीन महिनामा १९ कम्पनीको छ अर्ब ३१ करोडको बोनस सूचीकृत
November 6, 2018

कठमाडौं, २० कात्तिक । धितोपत्र बजारमा सेयर सूचीकरण हुने क्रम बढेको छ । बैंक तथा फाइनान्स कम्पनीहरुले चालू आर्थिक वर्षको पछिल्लो छ महिनाभित्र गत आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरिसक्नुपर्ने राष्ट्र बैंकको प्रावधान रहेको छ ।

सोही आधारमा वार्षिक साधारणसभा सम्पन्न गर्ने क्रम बढेसँगै सेयर सूचीकरण हुने क्रम पनि बढेको हो । नेपाल धितोपत्र बोर्डका अनुसार चालू आर्थिक वर्ष सुरु भएदेखि यता १९ वटा कम्पनीहरुको छ अर्ब ३१ करोड ५४ लाख सात हजार नौ सय ४२ रुपैयाँबराबरको बोनस सेयर सूचीकृत भएका छन् ।

बोर्डका अनुसार साउन १ गतेदेखि यही कात्तिक १२ गतेसम्म पाँच वाणिज्य बैंक, विकास बैंक, लघुवित्त, फाइनान्स, बीमा र जलविद्युत् कम्पनी समेतको गरी छ करोड ३१ लाख ५४ हजार ७९ दशमलव ४२ कित्ता बोनस सेयर सूचीकृत भएका हुन् ।

पछिल्लोपटक अर्थात् यही कात्तिक १२ गते श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनीको १६ करोड ७९ लाख ७८ हजार पाँच सय ६८ रुपैयाँबराबरको १६ लाख ७९ हजार सात दसमलव ८५ दसमलव ६८ कित्ता बोनस सेयर सुचीकृत भएको छ ।

यसैगरी यही कात्र्तिक छ गते सेञ्चुरी कमर्सियल बैंकको पनि ३८ करोड ३९ लाख ७३ हजार ९२ रुपैयाँबराबरको ३८ लाख ३९ हजार सात सय ३० कित्ता बोनस सेयर सूचीकृत भएकाछन् ।

यसैगरी सिद्धार्थ बैंकको ९५ करोड ५६ लाख ५६ हजार चार सय दुई रुपैयाँबराबरको ९५ लाख ५६ हजार पाँच सय ८४ कित्ता बोनस सेयर सूचीकरण भएको हो । बैंकले आर्थिक वर्ष २०७३/०७४ को खुद मुनाफाबाट वितरण गरेको १४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

यसैगरी सूर्योदय लघुुवित्त वित्तीय संस्थाको पनि ७६ लाख रुपैयाँबराबरको ७६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । बोर्डको अनुसार उक्त संस्थाको आव २०७३/०७४ को खुद मुनाफाबाट १९ प्रतिशतको अनुपातमा बोनस सेयर सूचीकृत भएको हो ।

हिमालयन बैंकको पनि आव २०७३/०७४ को खुद मुनाफाबाट २५ प्रतिशतको अनुपातमा एक अर्ब ६२ करोड २९ लाख पाँच हजार नौ सय रुपैयाँबराबरको एक करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको पनि आठ दशमलव ६१ प्रतिशतको अनुपातमा चार करोड १७ लाख ४६ हजार एक सय रुपैयाँबराबरको चार लाख १७ हजार चार सय ६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

युनाइडेट फाइनान्सको भने यस अवधिमा १९ प्रतिशतको अनुपातमा १२ करोड ७८ लाख १३ हजार नौ सय ७० रुपैयाँबराबरको १२ लाख ७८ हजार एक सय ३९ दशमलव ७० कित्ता बोनस सेयर सूचीकरण भएको छ ।

यसैगरी मेगा बैंकको पनि १० दशमलव ७५ प्रतिशतको अनुपातमा ९९ करोड ८६ लाख ९५ हजार एक सय ५३ रुपैयाँबराबरको ९९ लाख ८६ हजार नौ सय ५१ दशमलव ५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यसबीचमा मञ्जुश्री फाइनान्सको भने पाँच दशमलव ७१ प्रतिशतको अनुपातमा चार करोड ३४ लाख ६२ हजार सात सय १० रुपैयाँबराबरको चार लाख ३४ हजार छ सय २७ दशमलव १० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

कालिका लघुवित्त वित्तीय संस्थाको पनि आव २०७३/०७४ को खुद मुनाफाबाट २१ दशमलव २१ प्रतिशतको अनुपातमा एक करोड ७५ लाख रुपैयाँ बराबरको एक लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ । (आर्थिक दैनिकबाट)

update news