ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांश दिने
December 4, 2018

काठमाडौं । ग्लोबल आइएमई बैंकले आ.व.२०७४\०७५ मा २ अर्व १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंक संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारण सभाको स्वीकृति पश्चात आ.व.२०७४\०७५ को वितरण योग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत लाभांश ( बोनश शेयर) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी १० अर्व ३१ करोड रुपैयाँ पुग्ने छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । बैंकले भारत, अष्ट्रेलिय र बेलायतमा प्रतिनिध कार्यालय खोली कार्य गर्दै आएको छ । ११३ अर्व निक्षेप, १०२ अर्व कर्जा लगानी रहेको छ।

update news