ग्लोबल आइएमई बैंकको मिसकल बैंकिङ्ग सेवा सञ्चालन
October 12, 2018

काठमाडौं, २६ असोज । ग्लोबल आइएमई बैंकलि. ले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्धेश्यले मिसकल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । जस अन्र्तगत ग्राहक महानुभावहरुले बैंकले उपलब्ध गराएका बिभिन्न मोवाईल नम्बरहरुमा मिसकल दिएर आफ्नो खाताको बारेमा जानकारी लिन सक्नुहुने छ ।

ग्लोबल आइएमई बैंक लि.को मोबाइल बैंकिङ्ग सेवा ग्लोबल स्मार्टमा आवद्ध बैंकका ग्राहकहरुले उपभोग गर्न मिल्ने यो सेवाअन्र्तगत ग्राहकमहानुभावहरुले आफ्नो खातामा रहेको मौज्दात रकमको बारेमा जानकारी लिन ९८०१२३१२९४ नम्बरमा, खाताको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९५ नम्बरमा, आफ्नो मोबाइलमारु १०० टपअप गर्न ९८०१२३१२९६ नम्बरमा, क्रेडिट कार्डको पछिल्लो ३ वटा कारोबारको जानकारी लिन ९८०१२३१२९७ नम्बरमा, आफुले बैंकमा बुझाउनु पर्ने कर्जाको किस्ता रकमको बारेमा जानकारी लिन ९८०१२३१२९८ नम्बरमा र बैंकले प्रदान गर्ने बिभिन्न कर्जाहरुको बारेमा जानकारी लिन ९८०१२३१२९९ नम्बरमा मिसकल दिन सक्नु हुनेछ ।

ग्राहक महानुभावहरुले माथि उल्लेखित फोन नम्बरहरुमा डायल गरेपछि उक्त नम्बरहरुमा १ घण्टी जाने र आफँै फोन काटिने छ, त्यसपश्चात बैंकले ग्राहकले बुझ्न चाहेको जानकारी मोबाइलमा म्यासेज मार्फत पठाउनेछ ।

ग्लोबल आइएमई बैंक लि. अत्याधुनिक प्रविधिलाई आत्म साथ गर्दैै जाने क्रममा यसअघि अत्याधुनिक मोबाइल बैंकिङ्ग सेवा ग्लोबल स्मार्ट, भाईवर बैंकिङ्ग, अंग्रेजी तथा नेपाली भाषामा इन्टरनेट बैैंकिङ्ग सुबिधा, अनलाईन मार्फत घर मै अथवा जहाँँ कहीं बसेर बैंक खाता खोल्न सकिने लगायतका सुबिधाहरु आफ्ना ग्राहक माझ ल्याईसकेको छ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १३२ शाखा, ५ एक्सटेन्सन काउण्टर, १३८ एटिएम, १५ राजश्व संकलन काउण्टर, १०३ वटा शाखारहित बैंकिङ्ग सेवा र ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजारभन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गरिरहेको छ ।
ग्लोबल आइएमई बैंक लि. ले आफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राख्दै समय समयमा आफ्ना सुबिधाहरुमा थप परिमार्जन गर्दै जाने लक्ष्य लिएको छ ।

update news