कार्यान्वयन गर्ने क्षमता हेरेर मात्र बजेटःअर्थविद्ध
May 3, 2016

काठमाडौ ।
सरकारले जेठ १५ गते बजेट ल्याउने तयारी गरेपछि अर्थविद्धहरुले कार्यान्वयनको क्षमता हेरेर मात्र बजेट ल्याउन सुझाव दिएका छन् । उनीहरुले मुलुकको बजेटको कार्यान्वयन गर्ने क्षमतालाई ख्याल गर्न सुझाव दिएका हुन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेलले योजना आयोगको सिलिङ्ग अनुसारको बजेट ठूलो हुने भन्दै मुलुकको बजेट कार्यान्वयनको क्षमता हेरेर बजेट ल्याउन सुझाव दिए । प्राविधिक र राजनीतिक समन्वय गरेर ल्याउन नसके बजेट असफल हुने बताउदै उनले प्रदेशको सन्दर्भमा बजेट सन्तुलित बनाएर मात्र ल्याउनु पर्ने बताए ।
बजेट वितरणमुखी, अल्पकालिन रुपमा पपुलर हुने पपुलिष्ट हुने सम्भावना रहेको भन्दै त्यस्तो भए बजेटले आर्थिक बृद्धि दर कम गर्ने तर्फ सरकारलाई उनले सचेत गराए । योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले बजेटले राष्ट्र संघको दिगो विकास लक्ष्यलाई पुरा गर्नु पर्ने भन्दै १७२ अर्ब रुपैया सरकारले खर्च गर्न नसकेको अवस्थामा बजेट कार्यान्वयनमा जोडदिनु पर्ने सुझाव दिए । क्षेत्रीले आगामी बजेट साढे दश खर्वको आउने सम्भावना रहेको बताउदै संविधान कार्यान्वयन, मुलुकलाई विकासशिल राष्ट्रको सूचिमा पु¥याउने, रोजगारी सृजना गर्ने, उद्योग सञ्चालनको बातावरण बनाउने, भुकम्पपछिको पुनःनिर्माण र आर्थिक विकासको लागि पूर्वाधार निर्माणमा केन्द्रीत हुनु पर्ने बताए ।

update news