आईतबार आठ सय ५० करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक (पत्र सहित)
October 12, 2018

काठमाडौं, २६ असोज । आगामी आईतबार नेपाल राष्ट्र बैंकले आठ सय ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बोलकवलका माध्यमद्धारा बिक्री गर्ने गरी उक्त ट्रेजरी जारी गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यही असोज २८ गते आईतबार जारी मिती तोकिएको ट्रेजरीको बोलकवोल मिती असोज २९ गते अपरान्ह तीन बजे रहेको छ ।

बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको तीन सय २५ करोड, ९१ दिनेको तीन  सय करोड र एक सय ८२ दिने अवधिको दुई सय २५ करोड रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार सो मध्ये २८ दिनेको परिपक्व हुुने अवधि २०७५ कात्र्तिक २७ गते तोकिएको छ भने ९१ दिने अवधिको परिपक्व हुुने मिती २०७५ माघ एक गते तोकिएको छ । यसैगरी एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुुने अवधि भने २०७६ बैशाख तीन गते रहेको छ ।

यसअघि पनि राष्ट्र बैंकले असोज २२ गते ९१ दिने अवधिको एक सय करोड र एक सय ८२ दिने अवधिको एक  सय ८९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो ।

update news