असोज २१ बाट दशैंको लागि नयाँ नोट वितरण
September 25, 2018

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले यसपालिको दशैं र तिहारको लागि आगामी शुुक्रबार अर्थात् यही असोज १२ गतेबाट नयाँ नोट वितरण गर्ने भएको छ । तर यो नयाँ नोटको वितरण तत्कालको लागि विभिन्न बैंक तथा फाइनान्स कम्पनीहरुलाई वितरण गर्न लागिएको हो, नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले भने।

विगत वर्षहरुमा नयाँ नोट वितरणमा समस्या नआओस् भनेर पर्याप्त समय राखेर नयाँ नोटको वितरण सुरु गर्न लागेको उनले बताए । एक सय दरका साना नोट १३ अर्ब र पाँच सय र एक हजार दरको ठूला नोट ५० अर्बको हाराहारीमा बजारमा पठाउने प्रवक्ता पौडेलले बताए ।

उनका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरुले यही असोज २१ गतेबाट सर्वसाधारणलाई उक्त नयाँ नोट वितरण गर्नेछन् । गत वर्षको दशैँमा भने राष्ट्र बैंकले झण्डै १५ अर्ब रुपैयाँबराबरको नयाँ नोट बजारमा पठाएको थियो । उक्त वर्ष सर्वसाधाणहरुले प्रतिव्यक्ति २० देखि २७ हजारको दरमा पाँच, १०, २०, ५० र एक सय दरका नयाँ नयाँ नोटको सटही सुविधा पाएका थिए । यो वर्ष पनि सोही अनुपातमा सटहीको सुविधा पाउनसक्ने राष्ट्र बैंकका प्रवक्ता पौडेलले बताए ।

यसैबीच, राष्ट्र बैंकले आइतबार दोस्रो थोक मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवी नेपालले एक कार्यक्रममा बीच प्रतिवेदन सार्वजनिक गरेका हुुन् । प्रतिवेदनमा आयातमुुखी अर्थतन्त्रका कारण बजारमा समग्र वस्तुु तथा सेवाको मूल्य बढेको उल्लेख छ ।

update news