अर्थमन्त्रीको राजीनामा माग गर्दै अनसन बस्ने
December 5, 2018

काठमाडौं । पूँजीबजार सम्बद्ध निकायहरुले आफ्नो माग सम्बोधनका लागि दबाब दिँदै अनसन बस्ने घोषणा गरेका छन् ।

बर्षौंदेखि राख्दै आएका मागहरु पूरा गर्न आलटाल भएको भन्दै दबाब समूहले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामाको मुख्य माग राखी मङ्सिर २३ गते अनसन बस्ने तयारी भएको छ ।

पछिल्ला दिनमा अनलाइन कारोबार प्रणाली, समग्र वित्तीय बजारको अवस्था लगायत विभिन्न कारणले बजार तिब्र गतिमा ओरालो लाग्न थाले पछि सरोकारवालाहरु चिन्तित भएका हुन् ।

पूँजी बजार बिस्तार तथा सुधार गर्दै आम लगानीकर्ताको सम्पत्तीको रक्षा गर्नका लागि अर्थमन्त्रीको राजिनामा माग गर्दै रिले अनसन बस्न लागिएको दवाब समुहका सदस्यले जानकारी दिए ।

अनसन २३ गते दिन बिहान १० बजे नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०को कार्यालयमा बस्ने भएको छ ।

update news