चार लाख भन्दा बढी ग्राहकलाई सेवा दिदै आएकाछौ
April 30, 2016

तुलसी राम गौतम

प्रमुख कार्यकारी अधिकृत

माछापुच्छ्रे बैंक

विगत १६ बर्षदेखि माछापुच्छ्रे  बैंकले सेवा दिदै आएको छ । २०५७ सालबाट पोखराबाट सेवा सुरु गरेको बैंकले देशका ५६ वटा शाखा मार्फत सेवा पुर्‍याउदै आएको छ । चार लाख भन्दा बढी ग्राहकलाई सेवा दिदै आएको माच्छपुछ्रे  बैंकले विनाशकारी भुकम्पको समयमा पीडितहरुलाई सहयोग गरेको थियो । केही समय अघि माच्छापुच्छ्रे  बैक र जनता बैंकबीच मर्ज हुने विषयमा छलफल भएपनि पछिल्लो चरणमा आएर भंग भएको छ । यसै विषयमा माच्छापुच्छ्रे  बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) तुलसी राम गौतमसँग बैकिङ क्षेत्रको अवस्था, आगामी दिनको योजना लगायतको विषयमा बैकिङ समाचारका लागि राजु ढुङगेलले गरेको कुराकानीः–
भुकम्पपछि बैकिङ क्षेत्रको अवस्था कस्तो छ ?
–यसलाई दुई प्रकारले हुेर्नु पर्छ । भुकम्प प्रभावित पहाडी जिल्लाहरुमा ठूला बैंकहरुको धेरै विजनेस थिएन । भुकम्प प्रभावित जिल्लाहरुमा हाम्रो उपस्थिति नभएको कारणले गर्दा सिधा असर त परेन तर अप्रत्यक्ष रुपमा प्रभाव भने परेको छ ।

भुकम्पपछिको पुननिर्माणमा यहाँको बैंकले के योजना बनाएको छ ?

SONY DSC

–भुकम्प पीडितहरुलाई त्यति नै बेला राहत सहयोग गर्‍यौ । केही स्कुलमा छानो हाल्ने काम गर्‍यौ । बैंक र बैंकका कर्मचारीहरुको सहयोगमा हामीले ३७ लाख रुपैयाँ भुकम्प पीडितहरुको लागि सहयोग गर्‍यौ । राहत कोषमा स्टाफहरु पनि प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गर्ने काम गरे । भुकम्प पीडितहरुको लागि हामीले छुट्टै प्याकेज बनाएको छैनौं । सरकारले राष्ट्र बैंक मार्फत ल्याएको नीति अनुसार नै हामी अगाडि बढ्ने हो । जस्तो १५ देखि २५ लाख रुपैयाँसम्म भुकम्प पीडितहरुलाई अनुदान ऋण दिने भन्ने जुन कुरा आएको छ । हामी त्यसमा साथ दिन्छौ ।
बैकिङ क्षेत्रमा लोडसेडिङले काम गर्न निकै गाह्रो पर्‍यो भन्ने छ नि ?
–स्वभाविक रुपमा हो । हामीले १२-१३  घण्टा लोडसेडिङ हुँदा मार त खेपेकै छौं । जस्तोःहाम्रो केही सेवाहरु पनि २४ सै घण्टा सञ्चालन गर्नुपर्छ । एटिएम सञ्चालनको लागि हाम्रो सर्भरहरु पनि चलाउनु पर्ने हुन्छ । ३ सय ६५ दिन नै बैकिङ सेवा भन्छौं । बिजुली नआउदा सर्भर  चलेन भने कहिलेकाहीँ मात्र अबरुद्ध भएको छ । नत्र भने हामीले सक्दो सेवा हाम्रा ग्राहकहरुलाई दिएका छौं । यस बीचमा इन्धन पाइएन, जसको कारण जेनेरेटर भएर पनि पेट्रोल र डिजल पाइएन । अहिले त्यो समस्या छैन् ।
भुकम्पको समयमा कसरी सेवा दिनुभयो ?
–काठमाडौंको दुइ-चार स्थानमा हाम्रो केही भवनहरु चर्किए । मुख्य कार्यालयमा केही भएन । बालुवाटार र थापाथलीमा स्टाफ भित्र बस्न सक्ने अवस्था भएन । हाम्रो केन्द्रीय कार्यालय सुरक्षित भएकाले एटिएम सुचारु राख्यौ । निरन्तर रुपमा सेवा दियौ । कुनै पनि ग्राहको काम ठप्प भएन ।

तपाईको बैंकले कुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ?
–धेरै पैसा एउटै क्षेत्रमा मात्र लगानी गर्न मिल्दैन । पैसा लगानी गर्दा सबै क्षेत्रमा मिलाएर मात्र लगानी गर्छौ । यहीँ भन्ने छैन । सबै क्षेत्रमा लगानी गरेका छौ । साना गाडीको लोनदेखि साना घरसम्ममा पनि हामीले लगानी गरेका छौं । कृषि, व्यवसाय, उद्योग, हाइड्रोपावरमा हामीले लगानी गरेका छौं । २२ वटा हाइड्रोपावरमा लागानी गरेका छौं । ठूलो दुई हाइड्रोपावर आयोजनामा हामीले लगानी गरेका छौं । खारेखोला सिंगटीमा२४ र सुदुरपश्चिम ३७ मेगावाटको हाइड्रो पावरमा लगानी गरेका छौ ।

SONY DSC

सरकारले एक बर्षभित्र लोडसेडिङ शुन्यमा झार्ने घोषणा गरेको छ । यस्तो अवस्थामा बैंकहरु लगानी गर्न धेरै उत्सुक नभएका हुन ?
–त्यस्तो होइन । पहिला त पिपिए हुनु पर्‍यो आर्थात् लगानी गरेपछि बिजुली किन्छु भन्ने सम्झौता हुनु पर्‍यो । त्यो प्रक्रिया सम्पन्न भएपछि मात्र बैंकहरु अगाडि बढ्ने हो । भुकम्प गएपछि बीचमा नभएको हो । पुरानो ठाउँहरुमा डिजाइन परिवर्तन पनि गर्नु पर्ने हुन सक्छ । कतिपय प्रोजेक्ट स्थल  मा बिग्रेको बाटो बनेको  छैन । सिंगटीमा हामीले लगानी गरेका छौं । बाटोका समस्या देखिएका छन् । प्रोजेक्ट साइटमा बाटो चाहियो । अहिले सामान्य अवस्था भएको छ । नयाँ पिपिए भएपछि अगाडि बढ्छ । कुनै पनि माल अहिले राम्रो भन्दैमा भोली पनि राम्रो हुन्छ भन्ने छैन् ।
कृषि प्रधान देश भनिन्छ, बैङकहरुले कृषिमा लगानी गर्न किन चाहना देखाउदैनन ?
–बैंकहरुले कृषिमा लगानी गरेनन् भन्ने गरिएको छ । योजना बनाउने काम हाम्रो होइन । कुन व्यक्तिले कहाँ बङ्गुर पालन गर्ने हो कि ?कहाँ गाई पालन गर्ने हो ?कहाँ बाख्रा पालन गर्ने हो कि ?कहाँ फलफुल खेती गर्ने कि ? म लगानी गर्छु यसको लागि लोन चाहियो, म यसरी उत्पादन गर्छु । यति बचाउँछु । यसरी तिर्छु भन्ने चाहियो नि त ? योजना लिएर आउने व्यक्ति हामीले कसलाई फिर्ता गर्‍यौ त ? यसको अर्थ सबैलाई दिन्छौ भनेको होइन र प्रक्रिया पुर्‍याएर आउनेलाई हामीले फिर्ता गरेका छैनौ ।

बैंकको निक्षेप हेर्दा ठूलो देखिएपनि थोपाथोपा जम्मा भएर धेरै भएको हुन्छ । यहाँ रिक्सा चालकको पैसा छ । नाङ्लो व्यापारीको पैसा छ । यो डुबाउनु त भएन । कृषिमा पशुपालन, बङगुर पालन माछा पालनमा लगानी गरेका छौ । चिया खेतीमा गरेको छांै । राइस मिलमा लगानी गरेका छौं । हामीले आइएनजिओ जसरी दिने होइन । दिएर फिर्ता पनि लिने गरी दिएका हौ । एक पटक दिदा डुब्यो भने के गर्ने ? बैंकले आयको श्रोत पनि हेर्नुपर्छ । कतिपय  त्यो काम गर्नको लागि सरकार छ नि त । हामीले दिएको पैसा सदुपयोग गरेर ब्याज समेत तिर्न सक्ने स्किम चहिन्छ  । पैसा त हामीले कमाउनु परेको छ ।

कृषिमा लोन लिन अनिवार्य रुपमा कम्पनी नै चाहिने झन्झट छ भन्छन नि ?
हामी क बर्गको पर्‍यौ । कुनै पनि बैंकको पाँच प्रतिशतको लगानी विपन्न वर्गको क्षेत्रमा लगानी गरेको हुन्छ । कृषकहरुको लागि स्थानीय निकायमा रहेका वित्तिय संस्थाहरुले गाउँ गाउँमा पुगेर काम गर्छन । साना किसानलाई बैंकले पैसा दिएन भन्न मिल्दैन । पैसा त हामीले दिएका छौ । साना बैंकबाट पनि लाखौ ग्राहक  लाभान्वित भएका छन् । हामीले पैसा झोलामा बोकेर बाँडने कुरा त भएन नि ? साना किसानको लागि पनि हामीले योजना बनाएका छौं

SONY DSC

राष्ट्र  बैंकले निर्धारण गरेको पुँजी बढाउन कतिको कठिनाई छ ?
–जनता बैंकसँग मर्जरको प्रक्रिया अगाडि बढाएको थियौं । तर अहिले आएर दुवै पक्षको सहमतिमा त्यो प्रक्रिया बाट अलग भएका छौ । अहिले हामीसँग ३ अर्ब ३३ करोड पुँजी छ । आगामी वर्ष हामीले ५ अर्ब ७९ करोड पुर्‍याउने लक्ष्य लिएका छौ । यो बर्षको बोनस दिन्छौ । पुँजी नपुग्ने भयोे भने बैंक एवं फाइनान्ससँग पनि मर्जर हुन सक्ला । यसमा हामीले शेयर होल्डरलाई जानकारी गराउनु पर्छ । हाम्रो शेयर होल्डरलाई जानकारी गराउदा यो चरणमा मर्ज नगर्ने निर्णय भएको हो ।

ग्राहकहरुले किन माच्छपुछ्रे  बैंकलाई नै किन रोज्ने ?
–नेटर्वकको हिसाबले हाम्रो ५६ वटा ब्रान्च छ । पूर्व मेचीदेखि पश्चिममा धनगढीसम्म हामी पुगेका छौ । अझै बाँकी रहेको स्थानमा पनि शाखा विस्तार गर्ने योजना छ । हाम्रो सेवा ग्राहकमुखी छ । मिल्ने काम छिटै हुन्छ । सेवा राम्रो छ । यस कारण हाम्रो बैकिङलाई ग्राहकहरुले रोज्ने गर्छन ।

update news