कृषि क्षेत्रमा हामीले बढी लगानी गरेका छौं , नेपालका बैंकहरु लगानी गर्न सक्षम छन्
May 17, 2016

विश्वमोहन अधिकारी

प्रमुख कार्यकारी अधिकृत,

ओम डेभलपमेन्ट बैंक लिमिटेड
राष्ट्र बैंकले ल्याएको नीति अनुसार बैंकिङ क्षेत्रमा मर्जर हुने संख्या बढ्दै गएको छ । सोही अनुसार गत चैत्र २२ गतेबाट सिटी डेभलपमेन्ट बैंक लिमिटेड र ओम फाइनान्स लिमिटेड आपसमा गाभिएर राष्ट्रियस्तरको विकास बैंक अर्थात ओम डेभलपमेन्ट बैंकको रुपमा  एकीकृत कारोबार सुरु गरेको छ । बैंकको चुक्ता पुँजी १ अर्ब  ५ करोड, निक्षेप १० अर्ब ९० करोड, कर्जा ९ अर्ब ८ करोड रहेको छ । मर्ज भएपछि ओम डभेलपमेन्ट बैंकको केन्द्रीय कार्यालय पोखराको चिप्लेढुंगामा  नै रहेको छ । बैंकले हाल चार वटा अञ्चलमा आफ्नो शाखा मार्फत काम गर्दै आएको छ ।  ओम डेभलपमेन्ट बैंकले भुकम्प पीडित आवास कर्जा, युवासँग ओम र ओम सहुलियत कर्जा  लगायतका कार्यक्रम मार्फत ग्राहकहरुको मन जित्न सफल भएको छ ।

CEO_Photo_Final_1

नविनतम सेवा शसक्त साथ, बढ्यौ अघि हामी मिलाई हात भन्ने उदेश्यको साथ
बैंकले आफ्नो कारोबारलाई शसक्त रुपमा अगाडि बढाएको छ । बैंकले कृषि एवं पुर्ननिर्माणमा अब ओमको  साथ, बनाउँछौ हामी युवालाई उद्यमी, कृषि एवं पुर्ननिर्माणमा दिन्छौ साथ कार्यक्रम सञ्चालन गर्दै आएको छ । एकीकृत कारोबार सुरु भएपछिको अवस्था, राष्ट्रको विकासमा ओम डेभलपमेन्ट बैंकले खेल्ने भूमिका र आगामी दिनको योजना लगायतको विषयमा केन्द्रीत रहेर ओम डेभलपमेन्ट बैंकका प्रमुख  कार्यकारी अधिकृत विश्वमोहन अधिकारीसँग बैकिङ्ग ले गरेको कुराकानीः

बैकिङ्ग क्षेत्रको अवस्था कस्तो छ ?

सरकारले २०४०को दशकबाट नीजिकरण र विश्वव्यापिकरण नीति अलम्बन गर्यो । त्यो सँगै नेपालमा बैंक तथा वित्तिय संस्थाहरु बढ्ने क्रम सुरु भयो । ०५० को दशकबाट नेपालमा बैंक तथा वित्तिय क्षेत्रहरुको ठूलो मात्रामा आउन थाले । ०६४ सालमा नेपालमा बैंक तथा वित्तिय क्षेत्रहरु सङ्ख्या ठूलो मात्रामा बृद्धि भयो । पछिल्लो पटक नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारण बैंकहरुबीच प्रतिस्पर्धा छ । राष्ट्र बैंकले गत साउनमा मौद्रिक नीति ल्यायो । त्यो नीति आएपछि बैंक तथा वित्तिय क्षेत्रहरुको सङ्ख्या घटाउने, केही सबल सक्षम ठूला बैंकहरुलाई प्रश्रय दिने र अर्कोतिर मर्जरको नीति अबलम्बन गर्दै बैंक तथा वित्तिय संस्थाहरु घटिरहेका छन् । गत बर्ष आएको  विनाशकारी भुकम्पका बाबजुध पनि बैंक तथा वित्तिय क्षेत्रहरुले राम्रै काम गरिरहेका छन् । बैंक तथा वित्तिय क्षेत्रको प्रतिस्पर्धा बढेको छ । विजनेस चाँही नबढेको  अवस्था हो ।

ओम बैंकको अवस्था कस्तो छ ?

नेपाल राष्ट्र बैंकले जारी गरेकोमौद्रिक नीति अनुसार पोखरामा रहेका दुई संस्थाहरु सिटी डेभलपमेन्ट बैंक लिमिटेड र ओम फाइनान्स लिमिटेड पनि राष्ट्र बैंकको  निर्देशन बमोजिम मर्जमा जानुपर्छ भन्ने भावना अनुरुप २०७२ चैत्र २२ गतेदेखि एकीकृत रुपमा कारोबार गर्दै आएका छौं ।  राष्ट्र बैंकले ल्याएको नीतिप्रति बैंक तथा वित्तिय संस्थाहरुले फिल गरेका छन् । मर्ज गर्ने क्रममा ओम डेभलपमेन्ट बैंकको रुपमा राष्ट्रियस्तरको  विकास बैंकको रुपमा हामीले कारोबार गर्दै आएका छौं । ओम बैंकको हाल चुक्ता पुँजी १ अर्ब ५ करोड रहेको छ । चैत्र मसान्त सम्मको वित्तिय विवरण अनुसार करिब ११ अर्ब निक्षेप छ । करिब ९ अर्ब कर्जा तथा लगानी गरेको छ । हालसम्म विभिन्न ‘ख’ र ‘ग’ वर्गको बैंकहरुमा हामीले निक्षेपमा अग्रणी भूमिका निर्वाह गरेका छौं । सबै भन्दा बढी निक्षेप संकलन गर्ने बैंकमा हामी पनि पछौ । बैंक तथा वित्तिय क्षेत्रको स्टाइन्डर मापन गर्ने कुरा छ । वित्तिय विवरणको आधारमा पनि नेपालका रहेका समग्र विकास बैंकहरु मध्ये  हामी पाँच विकास बैंकभित्र  नै पछौ ।CEO_Photo_Final_2

छोटो समयमा ग्राहकहरुको मन जित्न सक्नुको कारण के हो ?

हामी मर्ज भएर आउने क्रममा ओम फाइनान्स लिमिटेड विगत १४ बर्षदेखि नेपालको बैंकिङ्ग इन्ड्रस्टिमा छ । काठमाडौं लगायत देशका विभिन्न क्षेत्रहरुमा वित्तिय सेवा पुर्यारहेको अवस्था । सिटी डेभलपमेन्ट बैंकले पनि दस जिल्लाको विकास बैंक । दुवै सबल संस्था एकै ठाउँमा मर्ज हुँदा हाम्रो वित्तिय अवस्था राम्रो भएको हो ।

बैंकको शाखा कति वटा छन ?

ओम डेभलपमेन्ट बैंक राष्ट्रियस्तरको  बैंक हो । तर पनि देशको चार वटा अञ्चल, धौलागिरी बागमती, गण्डकी र नारायणीमा २५ वटा शाखाहरु छन् । यी शाखाहरुबाट एक लाख ग्राहकहरुको लागि हामीले बैकिङ्ग सेवा पुर्याइरहेका छौं । तीन वटा एटीएम मार्फत सेवा दिएका छौं ।

ओम बैंकलाई रोज्नु पर्ने विशेषता के छन ?

हामीले ग्रामिण क्षेत्रलाई केन्द्रमा राखेर बैकिङ्ग सेवा सञ्चालन गरेका छौं । मनाङको चामेजस्तो ठाउँमा हामीले बैकिङ्ग सेवा उपलब्ध गराएका छौं । बैंकहरुको अपस्थिति जुन ठाउँमा छैन त्यहाँ हामीले शाखा स्थापना गरेर सहज ढंगले सेवा दिएका छौं । यसकारण छोटो समयमा ओम डेभलपमेन्ट बैंकले व्यवसाय विस्तार गर्न सजिलो भएको छ ।

ग्रामीण क्षेत्रमा अन्य बैंक नभएकाले हामीले दिएको सुविधाको कारण हाम्रो बैंकप्रति आर्कषित भएका छन् । शहरी ईलाकहरुमा सेवा विस्तार गरेका छौं । छोटो समयमा पनि आधुनिक सुविधा सम्पन्न छिटो छरितो सेवा बजारमा मात्र होइन ग्रामीण क्षेत्रमा पनि पुर्याएका छौं । धेरैजसो गाविसमा पनि हामी पुगेका छौं । लमजुङ जिल्लाको भोटेओढार, तनहुँ जिल्लाको तुरतुरेमा, कास्कीको हेम्जा गाविसमा सेवा दियौ ।

भुकम्प पीडित आवासको लागि कर्जा दिन सुरु गर्नुभएको हो ?

बैंकहरु वित्तिय संस्थाहरु हुन् । त्यति हुँदाहुँदा पनि आफ्नो व्यसायिक कारोबार गर्ने भनेको नागरिकहरुसँग नै हो । बैंकिङ्ग सेवा सञ्चालन गर्ने क्रममा आफूले कमाएको निश्चित नाफा त्यो क्षेत्रमा खर्च गर्नुपर्छ भन्ने भावना अनुरुप बैंक र बैंकका कर्मचारी रसञ्चालकहरुले भक्ताबाट त्यो समयमा भुकम्प पीडितलाई कम्प्युटर, जस्तापाता सहित रकम समेत प्रदान गर्यौ । हामीले राष्ट्र बैंकले अगाडि सारेको नीति अनुसार भुकम्प पीडितलाई कर्जा दिनुपर्छ भनेर २ प्रतिशत ब्याजदरलाई पनि अगाडि सार्यौ । तर दुःखको कुरा सरकारले तोकेको मापण्ड अनुसार भुकम्प पीडितहरुले काजगपत्र पुर्याउन निकै कठिन देखिएको छ । ग्रामिण  क्षेत्रमा त्यो कागज पुर्याउने निकै कठिन देखियो । जसको कारण हामीले चाहेर पनि कर्जा दिन सकेका छैनौं । चैत्र २२ गते हामीले मर्ज गर्ने क्रममा भुकम्प पीडितलाई अफर लेटेर प्रदान गरेर बैंकको संयुक्त कार्यक्रमको उदघाटन गरेका थियौं ।

कृषि कर्जा राष्ट्र बैंकले तोके अनुसार ६ प्रतिशत ब्याजदर दिएका छौं । बैंक तथा वित्तिय क्षेत्रहरुले मर्ज गरेपछि सामान्यतया तारे होटलमा कार्यक्रम गर्ने गरिन्छ । तर हामीले कुनै पनि कार्यक्रमको आयोजना गरेनौं । बरु दुई लाख रुपैयाँ पनि भुकम्प पीडित र पोखरा उपमहानरपालिकाले सञ्चालन गरेको वातावरण संरक्षण सम्बन्धि कार्यक्रलाई सहयोग गर्यौ । प्लाष्टिक झोला अभियान हटाऔं अभियानमा सहयोग गर्यौ । पार्टी भोज गरेर त्यो रकम सिध्याउनु भन्दा नागरिकको जीवनस्तरसँग सरोकार राख्ने रचनात्मक काममा लगाउन आवश्यक ठान्यौ । हामीले दस बर्षदेखि यस्तै काम गरेर सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएका छौं ।

CEO_Photo_Final_3

त्यसो हो भने भुकम्प पीडितलाई कर्जा दिन सकिने अवस्था छैन ?

भुकम्प पीडितहरुले बैंकबाट कर्जा लिनको लागि त्यति सहज अवस्था देखिदैन । सरकारलेतोके अनुसारको कागजपत्र पेश गरेर सबै भुकम्प पीडितहरुले घर बनाउन सक्ने अवस्था छैन् । भुकम्प पीडितहरुको गाउँमा गएका छौं ।

गोरखाको बारपाकमा पुगेर पनि पीडितहरुको अवस्था बुझ्यौ । अहिलेसम्म बैकिङ्ग क्षेत्रले एक करोड पचास लाख भन्दा बढी कर्जा दिन सकेको छैन् । नेपाल राष्ट्र बैंकले बिना ब्याजमा पैसा दिन्छु तपाईहरुले पैसा लिएर लगानी गर्नु भनेको छ । तर भुकम्प पीडितहरुले जुन काजगजात पेश गर्नु पर्ने भनिएको छ त्यो निकै झन्झटिलो छ । हामीले चाहेर पनि कर्जा दिन सक्ने अवस्था छैन् ।

ओम बैंकले कृषि क्षेत्रमा कहाँ–कहाँ लगानी  गरेका छ ?

नेपालमा जति पनि बैंकहरुले कृषिमा लगानी गरेका छन  त्यो भन्दा धेरै लगानी हामीले गरेका छौं । अन्य बैंक तथा वित्तिय संस्थाले गरेको लगानी भन्दा ओम बैंकले कृषि क्षेत्रमा बढी लगानी गरेको छ । काठमाडौं  भन्दा पोखरा क्षेत्रमा बढी लगानी गरेका छौं । टाउट्र माछा, पशुपालन, कुखुरापालन, तरकारी उत्पादनमा लगानी गरेका छौं । कृषकलाई ऋण दिन काम पनि बैंकले गर्दै आएको छ । कृषि क्षेत्रबाट भन्दा गैर कृषि क्षेत्रबाट लोनको माग बढी आउने गरेको छ । बैंक तथा वित्तिय क्षेत्र भनेको व्यावसायिक संस्था हुन । उनीहरुले यसमा लगानी गर्नुपर्छ । बैङ्गकहरुले बाँध्य भएर  गैर कृषि क्षेत्रमा लगानी गरेको अवस्था हो । नेपाल राष्ट्रबैंकले निश्चित क्षेत्रमा रहेर लगानी गर्न निर्देशन दिएको छ । तर पनि त्यहाँ पनि बढी रकम हामीले कृषिमा लगानी गरेका छौं । जहाँबाट हामी सन्तुष्ट छौं ।

देशका चालिस लाख युवाहरु विदेशमा छन् । यहाँहरुले युवालाई उद्यमशिल बनाउने पनि भन्नुभएको छ के योजना छ ?

योग्यता छ, तर पैसा छैन । युवाहरुलाई विना धितो लोन दिन हामीले  नै सुरु गरेका हौं । हामीले बाग्लुङबाट विना धितो ऋण दिन सुरु गरेका हौं । महिलालाई सबै लघुवित्त संस्थाले ऋण दिन्छन् । तर पुरुषलाई विना धितो लोन दिने चलन छैन् । पहिलो पटक हामीले नै यो कामको सुरुवात गरेका हौं । मुख्यतया, पुरुषहरु नै बढी बिदेश जाने गरेका छन् । त्यसलाई रोक्नको लागि पनि हामीले यो योजना  अघि सारेका छौं । जसरी प्रत्येक दिन पन्ध्र सय मानिसहरु विदेश जान्छन । पचास लाख मानिसहरु विदेशमा सस्तो श्रम बेचिरहेका छन् । प्रत्येक बर्ष पाँच लाख मानिसहरु श्रम बजारमा आउँछन् । पचास हजाले मात्र अवसर पाउछन । साढे चार लाख मानिसहरु विचलित हुनुपर्ने अवस्था छ । त्यसलाई सम्बोधन गर्नको लागियुवासँग ओम नीति ल्यायो । अहिलेसम्म सात सय मानिसहरुले विना धितो ऋण लिएर विदेश नगई देशभित्र नै विभिन्न किसिमका उत्पादनमूलक काम गरिरहेका छन् । गण्डकी र धौलागिरीमा लोन दिएका छौ । चार सय ग्रुप छन् । ती ग्रुपमा सात सय मानिसहरु छन् । चार लाख भन्दा बढी लोन लिनको लागि धितो पेस गर्नुपर्छ । चार लाख भन्दा तलको लागि धितो चाहिदैन,समुहमा ऋण लिन्छन् । गाई पालन, भैसी पालन, बाख्रपालन, व्यवसायका कामहरु उनीहरुले गर्छन । अहिले राम्रो काम गरिरहेका छन् ।

ओम बैंकको आगामी योजना के छ ?

जब हामी मर्ज भनेर आयौ । पहिलो रणनीति चार वटा मात्र अञ्चलबाट बढाएर देशव्यापी रुपमा नेर्टवर्क विस्तार गर्ने योजनामा छौं । त्योसँग पुँजी विस्तार गर्नुपर्ने छ । राष्ट्रव्यापी रुपमा कारोबार गर्नुपर्ने अवस्था छ । वित्तिय संस्थासँग प्रतिस्पर्धा गर्न पुँजी पनि ठूलो चाहिने भएकाले पुँजी विस्तार गर्नेयोजना रहेको छ । अबको बैंकिङ्ग क्षेत्रमा प्रवद्र्धन गर्नेहरुको दस प्रतिशत मात्र लगानी हुन्छ । बाँकी नब्बे प्रतिशत भनेको सर्वसाधारणहरुको बैंक हो । बैंकमा विगतमा केही समस्या आयो । प्रबद्र्धकहरुले बैंक मेरो हो भन्ने भनाई आयो । संस्थागत सुशासनमा विस्तार गर्ने इ–बैकिङ्गमा आधुनिक बैकिङ्ग सेवा दिनको लागि विभिन्न पूर्वाधारहरु तयार गर्नुपर्ने अवस्था छ । नागरिकहरुलाई एसएम सर्भिस, इ–बैकिङ्गमा सेवा लगायतका अन्य वैकिङ्ग सेवा प्रदान गर्नको लागि कारोबारको साथै यी रणनीतिलाई प्राथमिकता दिएर अगाडि जानुपर्ने आवश्यकता छ ।

बैकिङ्ग क्षेत्र पारदर्शी हुन सकिरहेका छैन भन्छन नि ?

नेपालमा जति उद्योग छन सबै भन्दा बढी बैकिङ्ग क्षेत्र पारदर्शी छन् । विगतमा बैकिङ्ग क्षेत्रमा पनि केही समस्या देखियो । राष्ट्र बैकले अनुगमन गर्दा कमजोरी देखिए । बैंकहरुले न्युनिकरण गर्दै लगेका छन् । राष्ट्र बैंकले ल्याएको निर्देशन नम्बर छ,जुन संस्थागत सुशासन सम्बन्धी बैंक तथा वित्तिय क्षेत्रले पनि अलि बढीपरिपक्कता  व्यवसायी कार्यकुशलतातिर अगाडि जानु पर्ने देखिन्छ । बाँकी कमजोरी हटाउनको लागि पनि बैंक तथा वित्तिय संस्था लाग्नु पर्छ ।

CEO_Photo_Final_4

राष्ट्र बैंकले आठ अर्ब पुँजी पुर्याउने भनेको नि?

वाणिज्य बैंकको लागि आठअर्ब भनेको हो । विकास बैंकहरुको लागि दुई अर्ब पचास करोड छ । दुई अर्ब पचास करोड पुँजी पुर्याउनु पर्ने छ । त्सको लागि हकप्रद सेयर निस्कासन गर्ने काम, बोनस सेयर वितरण गर्ने, मर्जरको कामलाई पनि एक साथ लैजाने गरी काम अगाडि बढाएका छौं । राष्ट्र बैंकले पुँजी पुरयाउने समय थप्न सक्छ । प्रोसेसमा रहेका छन् । असार मसान्तसम्म पुँजी पुर्याउन सकिन्छ ।

 

समृद्ध नेपाल निर्माण कसरी गर्न सक्छ ?

बैंकहरु भनेको स्पष्ट रुपमा उदारीकरणको नमूना हो । बैकहरुले देशमा पुँजीको निर्माण गर्छन । नागरिकहरुसँग बचतको रुपमा रकम संकलन गर्छन ।  त्यहीँ पुँजी नागरिकहरुलाई लोनको रुपमा दिन्छन । जसले गर्दा आफूसँग बचेको पैसा बैकमा लगेर राख्छन । त्यो पुँजीको रुपमा काम गर्छ । देशमा पुँजीको विकास गर्ने हो । रोजगारिको सृजना गर्ने हो । देशको आर्थिक विकास गर्न पुँजी आवश्यता पर्छ ।  पुँजी बचतका रुपमा संकलन गरेर ऋणको रुपमा प्रदान गर्छन । राष्ट्रिय अर्थतन्त्रलाई सहयोग गर्न हो । नेपालका बैंक तथा वित्तिय क्षेत्रले निर्वाह गरेका छन्  । राजनीतिक देशको मेरुदण्ड हो । खलबलिएपछि हाम्रो शरीर बलियो हुन सक्दैन । राजनीतिज्ञहरु सहीट्रयाकमा नभएको कारणले गर्दादेश उधो गतितिर गएको हो । राजनीति पार्टीको आफ्नो भिजन हुन्छ । आर्थिक मुद्दामा राजनीतिक पार्टीहरु एकै टाउँमा भइदिनु पर्यो । राजनीति गरुन आर्थिक मुद्दामा उभिन सके नीजि क्षेत्रले काम गर्छ । राजनीतिक पार्टीले वातावरण सहज बनाउने हो भने देशभित्र नै स्रोत र साधन छ । श्रमिक पुँजी छ । जलस्रोत छ । व्यवस्थापन छैन । सरकारले व्यवस्थापन गरिदिए नीजि क्षेत्रले गर्छ । आर्थिक मुद्दा बुझेका केही राजनीतिक पार्टीमा पनि आवश्यकता छ ।

बैकिङ्ग क्षेत्रमा आउने पुस्तालाई के भन्न चाहनुहुन्छ ?

बैकिङ्ग क्षेत्रमा सानो लगानी र सानो त्यागले पुग्दैन । ठूलो लगनशिलता चाहिन्छ । विगत बीस बर्षमा बैकिङ्ग क्षेत्रमा छौ । पहिलो शिक्षा हो । त्यसछि अनुभव लगनशिलता । लामो समयमसम्म एउटै क्षेत्रमा रहेर काम गर्न सक्ने खुबी चाहिन्छ । युवा पुस्ता बैकिङ्ग क्षेत्रमा आर्कषित हुन चाहन्छन । म पनि त्रिभुवन विश्वविद्यालयअन्तर्गत उपप्रध्यापक भएर विगत पन्ध्र बर्षदेखि अध्यापन गराउदै आएको छु । पछिल्लो समयमा विद्यार्थीहरुको क्वालिटी कम छ । अध्ययान गर्ने प्रवृत्ति कम छ  । १२ कक्षा पास भएपछि विदेश जाने हो भन्ने भावना देखिएको छ । सधैभरी रेमिट्यान्स भित्र्याएर काम चल्दैन । ती नागरिकहरुलाई स्वदेशमा नै राख्ने वातावरण सरकारले बनाउनुपर्छ । सरकारी र नीजि क्षेत्रले गर्नुपर्छ । युवाहरुले आँट र जाँगर देखाउन हो भने नेपालमा बैंक तथा वित्तिय क्षेत्रहरु प्रस्शत रुपमा छन् । कर्जा लगानी गर्न सक्षम छन् । जागिरे मानसिकता लिएर जागिर खान भनेर नआउनुहोस । बैकिङ्ग क्षेत्रमा राम्रो सक्षम दक्ष जनशक्तिको अभाव छ । एक जनाको विज्ञापन  गर्यो भने पाँच सय आवेदन पर्छ । तर क्षमता छैन । दक्ष जनशक्तिको अभाव छ ।om development bank logo

update news