सिभिलले राख्यो बोनसको यस्तो प्रस्ताव
September 19, 2018

काठमाडौं । सिभिल बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलार्इ १०।२५ प्रतिशत बोनस तथा बोनसमा लाग्ने कर प्रयोजनका लागि ०।५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ ।

प्रस्तावित बोनस राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाबाट अनुमोदन गरे लगत्तै सेयरधनीलाई वितरण गर्नेछ ।

हाल बैंकको चुक्ता पूँजी ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँ रहेको छ । प्रस्तावित १०।२५ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पूँजी आठ अर्ब ३३ लाख ८९ हजार ६७३ रुपैयाँ कायम हुनेछ ।

update news