बोर्डमा सूचीकृत सेयर संख्यावृद्धि
December 18, 2018

काठमाडौं ,
नेपाल धितोपत्र बोर्डमा सूचीकृत सेयर संख्यामा वृद्धि भएको छ । बोर्डका अनुसारपछिल्लो पाँच महिनाको अवधिमा झण्डै आठ अर्ब रुपैयाँबराबरको बोनस सेयर सूचीकरण भएको हो । चालू आर्थिक वर्षको सुरुवाती समय अर्थात् २०७५ साउन १ गतेदेखि २०७५ मसिर १९ गतेसम्म २४ वटा कम्पनीहरुको सात अर्ब ९३ करोड ५१ लाख ५४ हजार नौ सय ४७ रुपैयाँबराबरको सात करोड ९३ लाख ५१ हजार पाँच सय ४९ दशमलव ४७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बोर्डका अनुसार यसअवधिमा छ वाणिज्य बैंक, विकास बैंक, लघुवित्त, फाइनान्स, बीमा र जलविद्युत् कम्पनी समेतको गरी उक्त परिमाणमा बोनस सेयर सूचीकरण भएको हो । पछिल्लोपटक अर्थात् यही मंसिर १८ गते स्वरोजगार लघुुवित्त वित्तीय संस्थाको दुुई करोड ४४ लाख ९९ हजार पाँच सय ५२ रुपैयाँबराबरको दुुई लाख ४४ हजार नौ सय ९५ दशमलव ५२ कित्ता बोनस सेयर सूचीकृत भएकाछन् । बोर्डका अनुुसार सोही दिन गरिमा विकास बैंकको पनि २५ करोड ३४ लाख ८८ हजार रुपैयाँबराबरको २५ लाख ३४ हजार आठ सय ८० कित्ता कित्ता बोनस सेयर सूचीकृत भएको छ । ओरियन्टल होटलको पनि मंसिर ९ गते १४ करोड एक लाख ३५ हजार चार सय ५८ रुपैयाँबराबरको १४ लाख एक हजार तीन सय ५४ दशमलव ५८ कित्ता बोनस सेयर सूचीकृत भएकाछन् ।

कात्तिक १८ गते भने एनएमबी बैंकको एक अर्ब १४ करोड चार लाख ९३ हजार पाँच सय ३५ रुपैयाँबराबरको एक करोड १४ लाख चार हजार नौ सय ३५ दशमलव ९५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । सोही दिन साँग्रिला डेभलपमेन्ट बैंकको पनि छ करोड ११ लाख ३० हजार चार सय रुपैैयाँबराबरको छ लाख ११ हजार तीन सय चार कित्ता बोनस सेयर सूचीकृत भएको छ । यही कात्तिक १२ गते पनि श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको १६ करोड ७९ लाख ७८ हजार पाँच सय ६८ रुपैयाँबराबरको १६ लाख ७९ हजार सात दशमलव ८५ दशमलव ६८ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसैगरी यही कात्तिक ६ गते सेञ्चुरी कमर्सियल बैंकको पनि ३८ करोड ३९ लाख ७३ हजार ९२ रुपैयाँबराबरको ३८ लाख ३९ हजार सात सय ३० कित्ता बोनस सेयर सूचीकृत भएकाछन् । यसैगरी सिद्धार्थ बैंकको ९५ करोड ५६ लाख ५६ हजार चार सय दुई रुपैयाँबराबरको ९५ लाख ५६ हजार पाँच सय ८४ कित्ता बोनस सेयर सूचीकरण भएको हो । बैंकले आर्थिक वर्ष २०७३/०७४ को खुद मुनाफाबाट वितरण गरेको १४ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । यसैगरी सूर्योदय लघुुवित्त वित्तीय संस्थाको पनि ७६ लाख रुपैयाँबराबरको ७६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । बोर्डको अनुसार उक्त संस्थाको आव २०७३/०७४ को खुद मुनाफाबाट १९ प्रतिशतको अनुपातमा बोनस सेयर सूचीकृत भएको हो । यसैगरी हिमालयन बैंकको पनि आव २०७३/०७४ को खुद मुनाफाबाट २५ प्रतिशतको अनुपातमा एक अर्ब ६२ करोड २९ लाख पाँच हजार नौ सय रुपैयाँबराबरको एक करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यसैगरी नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको पनि आठ दशमलव ६१ प्रतिशतको अनुपातमा चार करोड १७ लाख ४६ हजार एक सय रुपैयाँबराबरको चार लाख १७ हजार चार सय ६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । युनाइडेट फाइनान्सको भने यस अवधिमा १९ प्रतिशतको अनुपातमा १२ करोड ७८ लाख १३ हजार नौ सय ७० रुपैयाँबराबरको १२ लाख ७८ हजार एक सय ३९ दशमलव ७० कित्ता बोनस सेयर सूचीकरण भएको छ । मेगा बैंकको पनि १० दशमलव ७५ प्रतिशतको अनुपातमा ९९ करोड ८६ लाख ९५ हजार एक सय ५३ रुपैयाँबराबरको ९९ लाख ८६ हजार नौ सय ५१ दशमलव ५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यसबीचमा मञ्जुश्री फाइनान्सको भने पाँच दशमलव ७१ प्रतिशतको अनुपातमा चार करोड ३४ लाख ६२ हजार सात सय १० रुपैयाँबराबरको चार लाख ३४ हजार छ सय २७ दशमलव १० कित्ता बोनस सेयर सूचीकृत भएको छ । कालिका लघुवित्त वित्तीय संस्थाको पनि आव २०७३/०७४ को खुद मुनाफाबाट २१ दशमलव २१ प्रतिशतको अनुपातमा एक करोड ७५ लाख रुपैयाँ बराबरको एक लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ । (आर्थिक दैनिकबाट)

update news