इन्स्योरेन्सले पूँजी बजारमा उछाल, बैंक र होटेल समूहले गमाएपनि नेप्सेमा १८.७९ अंकको बृद्धि, १० कम्पनीका लगानीकर्ताले धेरै कमाए
June 19, 2016

 

काठमाडौं । सेयर बजारको सूचक नेप्से १६३३ अंक नजिक पुगेको छ । कारोबार रकम पनि दुई अर्ब रुपैयाँ नाघ्यो । साताको अन्तिम कारोबार हुने दिन विहीबार मात्रै नेप्से १८.७९ अंकले बढ्यो ।

 

इन्स्योरेन्स समूह चम्किएपछि बजारमा उछाल आएको हो । बुधबार र विहीबार दुबै दिन इन्स्योरेन्स समूह उचालिएको हो । विहीबार मात्रै यो समूह ३३० अंकले उक्लिएर समूहगत सूचक ९३४५ अंकमा पुगेको छ ।

 

कारोबार रकम पनि इन्स्योरेन्स समूहले धेरै कमाएको छ । यो समूहको विहीबार एक अर्ब ११ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भयो ।

 

इन्स्योरेन्स समूहको यति धेरै रकमको पहिलो पटक कारोबार भएको हो । विहीबार औसत कारोबार भन्दा धेरै रकमको इन्स्योरेन्सकै मात्र किनबेच भयो । यही समूहले कारोबार रकमलाई दुई अर्ब रुपैयाँ नघाएको हो ।

 

बैंकिङ समूह र होटलका लगानीकर्ताले भने विहीबार गुमाएका छन् । विकास बैंक, जलविद्यूत, फाइनान्स र उत्पादनमुलुक समूहको सूचक बढेको छ ।

 

१० वटा कम्पनीको सेयर मूल्य १० प्रतिसतको हाराहारीमा बढ्यो । चार भन्दा बढी कम्पनीको कारोबारमा सर्किट नै लगाउनु पर्यो । गुराँस लाइफ, प्रभु इन्स्योरेन्स, टुरिजम् डेभलपमेन्ट बैंक, काष्टमण्डप डेभपलमेन्ट बैंकका लगानीकर्ताले विहीबार धेरै कमाए ।

 

देव विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, लक्ष्मी भ्यालु फण्ड, हामा मर्चेन्ट फाइनान्स लगायतका लगानीकर्ताले केही गुमाएका छन् ।

 

update news