नेपाली बैंकहरुलाई साइबर सुरक्षामा ध्यान दिन भारतीय बैंकरको सुझाब 

नेपाली बैंकहरुलाई साइबर सुरक्षामा ध्यान दिन भारतीय बैंकरको सुझाब 


बैंकिङ्ग समाचार । 

भारतीय स्टेट बैंकका उप–प्रबन्ध निर्देशक तथा प्रमुख जोखिम अधिकृत अनिल किशोराले नेपालका बैंकहरुलाई साइबर जोखिम न्यूनीकरणमा सतर्क र सक्रिय रहन सुझाब दिएका छन् ।

नेपालको चार दिने भ्रमणमा निस्किएका उनले साइबर जोखिमलाई बैंकिङ क्षेत्रमा उदयमान जोखिमको रुपमा लिँदै भारतीय स्टेट बैंकले यसको न्यूनीकरणका लागि अपनाएका उपायहरुका बारेमा जानकारी गराएका दिए।

साथै कार्यक्रममा सहभागि बैंकरहरुलाई साइबर जोखिम न्यूनीकरणमा सतर्क रहन सल्लाह दिए । उनले विगत र वर्तमानमा बैंकिङ क्षेत्रले सामना गरिरहेका जोखिमहरु र जोखिम न्यूनीकरणका लागि विगतमा प्रयोग भएका उपायहरुमा प्रकाश पारे । 
उनको भ्रमणको क्रममा नेपाल एसबिआई बैंकले काठमाडौंको रेडीसन होटेलमा एक अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो जसमा अन्य वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख जोखिम अधिकृतहरुको उपस्थिती रहेको थियो।