पेमेन्ट गेटवे सेवाः नेपाल टेलिकम र नबिल बैंकबीच सम्झौता

पेमेन्ट गेटवे सेवाः नेपाल टेलिकम र नबिल बैंकबीच सम्झौता


बैंकिङ समाचार । नेपाल टेलिकम र नबिल बैंकबीच पेमेन्ट गेटवे सेवाका लागि सम्झौता भएको छ ।

टेलिकमले आफ्नो १६ औं बार्षिकोत्सवको बिशेष अवसर पारेर नबिल बैंक संगको सहकार्यमा पेमेन्ट गेटवे सेवा सञ्चालनमा ल्याएको हो ।

यस सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको वेबसाइटमा रहेको कार्ड पेमेन्ट सुविधा मार्फत भिसा तथा मास्टर कार्डहरु प्रयोग गरी पोस्टपेड तथा प्रिपेड मोबाइल रिचार्ज टपअप गर्न सक्नेछन्।

नेपाल टेलिकमको मोबाईल एप मार्फत पनि उपलब्ध गराईने टेलिकमले जनाएको छ । नेपालमा विधुतीय पेमेन्ट प्रणालीको विकासका लागि यस सहकार्य कोशेढुंगा सावित हुने विश्वास लिएइएको छ ।