नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच उद्योग तथा व्यवसाय प्रबर्धन सम्झौता

नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच उद्योग तथा व्यवसाय प्रबर्धन सम्झौता


बैंकिङ्ग समाचार । 
नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच उद्योग तथा व्यवसाय प्रबर्धन सहकार्य गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले बैक र संघका सदस्यहरुलाई, ब्यवसाय प्रबर्धन  तथा बैंकिङ्ग सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता हस्ताक्षर गरेका हु्न्।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘नबिल बैंकले भक्तपुर तथा देशभर रहेका व्यवसाय र उद्योग क्षेत्रलाई संरक्षण र उन्नतीको लागि नबिल बैंक तत्पर रहनेछ । व्यवसाय र उद्योग क्षेत्रको विकासका लागि भक्तपुर उद्योग वाणिज्य संघसंग सहकार्य गर्न पाउदा हामी निकै खुशी छौं । यो सहकार्यले उद्योग वाणिज्य क्षेत्रमा आवद्ध भएका व्यवसायहरुलाई लाभ हुने विश्वास हामीले लिएका छौं ।’

]
भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले भने, ‘भक्तपुर उद्योग वाणिज्य संघले नबिल बैंकसंग सम्झौता गरी भक्तपुरका व्यवसाय र उद्योग क्षेत्रको प्रबर्धन गर्न बैंकको साथ पाउञदा निकै खुशी लागेको छ । निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा हामी हर्षेात्शाहित भएका छौं, र बैकलाई धन्यबाद समेत ज्ञापन गर्दछौं ।’

नबिल बैंकले ११४ वटा शाखाहरु, १६६ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।